Top News 3

राहुल गान्धीलाई मानहानी मुद्दा,सुनाइयो दुई वर्ष जेल सजाय

राहुल गान्धीलाई मानहानी मुद्दा,सुनाइयो दुई वर्ष जेल सजाय

Top News 3, अन्तर्राष्ट्रिय, अपराध, राजनीति, समाचार
०९ चैत्र,२०७९- राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ । उनि भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य हुन्। भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई उक्त सजाय सुनाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गान्धीले गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए। एउटा भाषणमा ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले दिएका थिए। गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै अदालतमा मुद्दा हालेका थिए। सुरत जिल्ला अदालतले फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको गान्धीलाई समय दिएको छ भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको छ।...
मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरूङ भ्रष्टाचारी ठहर

मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरूङ भ्रष्टाचारी ठहर

Top News 3, समाचार
मनाङबाट प्रतिनिधिसभा सांसद निर्वाचित नेपाली कांग्रेसका टेकबहादुर गुरूङ र पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर्‍याएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरेको भन्दै गुरूङ र न्यौपानेसहित ९ जनालाई विशेष अदालतको इजलासले मंगलबार दोषी ठहर गरेको हो। दोषी ठहरिएकाहरूलाई सजाय तोक्न भने बाँकी छ। गुरूङले मनाङबाट सांसद जिते पनि उनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकाले सांसद पद निलम्बित थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फनपार्क सञ्चालनमा भ्रष्टाचार भएको भन्दै २०७५ माघ २१ मा १४ जनाविरूद्ध मुद्दा दायर गरेको हो। तीमध्ये ५ जनालाई अदालतले सफाइ दिएको छ। गुरूङ त्यो बेला फनपार्कका मेला सञ्चालक थिए भने न्यौपाने तालुकवाला महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थिए। दोषी ठहरिएका अरू ७ जना समाज कल्याण परिषदका तत...