Top News 2

लुम्बिनीमा दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने

लुम्बिनीमा दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने

Top News 2, प्रदेश, समाचार
लुम्बिनी प्रदेशमा दुई साना दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नेकपा एमाले नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो। बुधबार बस्ने प्रदेश सभा बैठकमार्फत समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक राजकुमार चौधरीले बताए। बर्दिया क्षेत्र नं. १ (२) बाट निर्वाचित चौधरीले केन्द्रको निर्णय अनुसार आफूहरूले सरकार छाड्न लागेको बताए। ‘भोलिको प्रदेशसभा मार्फत् हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने छौं,’ उनले भने, ‘लुम्बिनीमा एमाले नेतृत्वको सरकारको औचित्य समाप्त भएको हाम्रो बुझाइ छ।’ लुम्बिनी प्रदेशसभामा उन्मुक्ति पार्टीका चार सांसद छन्। यस्तै लोसपाका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले पनि एमालेलाई दिएको समर्थन बुधबार फिर्ता लिने बताए। उनी रूपन्देही ३ (१)बाट निर्वाचित सांसद ...
प्रचण्ड : सधैं असुरक्षित, निरन्तर क्षति

प्रचण्ड : सधैं असुरक्षित, निरन्तर क्षति

Top News 2, समाचार
११ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धन बदल्ने निष्कर्षमा पुगिनसकेको बताएका छन् । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग बिहीबार सिंदरबारमा सम्वाद गरेर बाहिरिँदै श्रेष्ठले भनेका छन्, ‘हामी सबैसँग छलफल गर्दैछौं, गठबन्धन परिवर्तन निश्कर्षमा पुगिसकेको छैन ।’ तर श्रेष्ठलाई नै साक्षी राखेर प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको भेटघाट र त्यहाँ भइरहेको सम्वादले भने गठबन्धन परिवर्तनलाई औपचारिकता दिन मात्रै बाँकी देखिन्छ । आज, दिनभर देखिएको दृष्यले समेत एमाले नेतृत्वमा दुई महिना अगाडि बनेको गठबन्धन जोगाउन अब मुस्किल रहेकै पुष्टि हुन्छ । राष्ट्रपतिको मनोनयन दर्ता हुनु दुई दिन मात्रै बाँकी रहँदा बिहीबार प्रमुख सत्तारुढ दलहरु एमाले र माओवादी केन्द्रका नेतृत्वबीच कुनै छलफ...