कृषि

प्याजको मूल्यमा कालोबजारी !

प्याजको मूल्यमा कालोबजारी !

कृषि, बजार, समाचार
०४, भाद्र २०८० काठमाण्डाै - भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरे लगत्तै नेपाली बजारमा त्यसको प्रभाव देखिएको छ । व्यापारीले यसअघि नै आयात भइसकेको प्याजको मूल्य बढाएका छन् । भारतले गएको शनिवार निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो । यतिबेलासम्म नेपाली बजारमा खुद्रा पसलमा  प्याज किलोको ५० देखि ६० रुपैयाँमा पाइन्थ्यो । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आज पनि प्याज किलोको ६० देखि ६२ रुपैयाँ थोक मूल्य छ । तर, भारतले कर लगाए लगत्तै खुद्रा पसलमा प्याजको मूल्य किलोको एक सय रुपैयाँसम्म पुगिसकेको छ । व्यापारीले मौकाको फाइदा उठाउँदै पहिल्यै आयात भएको प्याजको मूल्य समेत बढाएर कालोबजारी गरेका छन् । प्याजलगायत तरकारी नेपालमै प्रशस्त उत्पादन हुने भए पनि बजार नपाउँदा खेती घट्दै गएको छ । भारतसँग निर्भरता बढ्दा उपभोक्ताले महँगीको ...
प्याजको मूल्य बढी लिए कारबाही

प्याजको मूल्य बढी लिए कारबाही

Top News 1, कृषि, बजार, समाचार
शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक सूचना जारी गर्दै प्याजको मूल्य बढाए कारबाही हुने बताएको हो। ’आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा वस्तुको स्वभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध भएको व्यहोरा सबैमा विदितै छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ। शुक्रबार एक जारी सूचनामा उल्लेख गरीएको छ।...