स्वास्थ

लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक-गृहमन्त्री श्रेष्ठ

लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक-गृहमन्त्री श्रेष्ठ

Top News 1, अपराध, लागुपर्दाथ, समाचार, समाज, स्वास्थ
११ असार २०८०, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषधको अवैध कारोबार र प्रयोगकर्ता बढ्नु चिन्ताजनक भएको बताएका छन् । सोमबार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विभिन्न तथ्यांकहरुबाट लागुऔषधका प्रयोगकर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको छ ।’ उनले अगाडि भने, ‘लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको छ । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुन्छ ।’ मन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबै पक्षबाट इमान्दार प्रयासको आवश्यकता औंल्याए ।...
क्षयरोगबाटअकालमा ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री

क्षयरोगबाटअकालमा ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री

Top News 1, समाचार, स्वास्थ
१० चैत्र २०७९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज परेको विश्व क्षयरोग दिवसको अवसरमा क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कामना गरेका छन्। विश्व क्षयरोग दिवसको अवसरमा शुभकामना सन्देश दिंदै आज उनले उपचाररत क्षयरोगीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्, प्रधानमन्त्रीले कामना गदै ‘भविष्यमा यस रोगबाट कसैको पनि अकालमा मृत्यु नहोस् भने। विगतमा क्षयरोगबाट ज्यान गुमाएका परिवारमा पनि उनले समवेदना प्रकट गरेका छन्। नेपाल सरकारको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धतालाई पूरा गर्ने पनि प्रधानमन्त्री प्रचण्डले विश्व क्षयरोग दिवसको अवसरमा जनाएका छन् ।...
डब्लूएचओद्वारा हस्पिटल हस्तान्तरण

डब्लूएचओद्वारा हस्पिटल हस्तान्तरण

Top News 1, समाचार, स्वास्थ
३० फाल्गुन २०७९, काठमाडौँ — बलम्बुस्थित एपीएफ अस्पताल परिसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सशस्त्र प्रहरी बलको अस्थायी संरचनामा ९२ शय्याको अस्पताल निर्माण गरेको छ । मंगलबार सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको फिल्ड अस्पताल डब्लूएचओको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापा का अनुसार यस किसिमको संरचना डब्लूएचओले दक्षिण एसियामै पहिलो पटक नेपालमा निर्माण गरेको बताए ।अस्पतालका संरचना पीभीसीबाट निर्मित भएको हुनाले भूकम्प, महामारी, अन्य आपतकालीन अवस्थामा बढी प्रयोग हुने बताइएको छ । हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सचिव डा.रोशन पोखरेलले बताए अनुसार यस्ता किसिमिका फिल्ड अस्पतालले श्वासप्रश्वाससँग सम्बन्धित महामारी र विपद्को समयमा आम जनतालाई प्रभावकारी रुपमा सेवा प्रदान गर्ने उदेश्य रहेको छ ।...
मतदान गरेर निस्किँदै गर्दा लडेर घाइते

मतदान गरेर निस्किँदै गर्दा लडेर घाइते

Top News 1, राजनीति, स्वास्थ
फागुन २५ , २०७९ २५ फागुन, काठमाडौं । राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने लडेर घाइते भएका छन् । मतदान गरेर निस्कने क्रममा उनी नयाँ बानेश्वरको संसद भवनको सिँढीबाट लडेर घाइते भएका हुन् । सभा सदस्य न्यौपानेको टाउकोमा चोट लागेको छ । उपचारका लागि उनलाई सिभिल अस्पतालमा लगिएको छ । मधेश प्रदेश सभाको सबैभन्दा जेठो सदस्य उनको उमेर ७१ बर्ष भयो ।...
स्वास्थ्यकर्मीहरुको वाकाथुनः स्वस्थ रहन हिड्न जरुरी छ ।

स्वास्थ्यकर्मीहरुको वाकाथुनः स्वस्थ रहन हिड्न जरुरी छ ।

Top News 1, खेलकुद, जीवनशैली, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ
काठमाण्डौ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालको आयोजनामा काठमाण्डौको टेकुदेखी माईतिघर मण्डलासम्म वाकाथुन आयोजना गरिएको छ । वाकाथुनले महिलाहरुले घरको काम र व्यस्तताको कारण स्वस्थ जीवनयापनको लागि समय अभाव हुने हुँदा दैनिक हिँड्न जरुरी भएको र पुरुषहरुको समेत घरको काममा सहभागिता हुन जरुरी भएको सन्देश दिन खोजिएको छ । नेकपा (एमाले)को सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको वाकाथुनमा करिव २०० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । करिव ३ किलोमिटर स्वास्थ्यकर्मिहरुसंगै हिडेका एमाले सचिव भट्टराईले माईतिघरमा भएको कोण सभालाई सम्बोधन गदैं अन्तराष्ट्रिय स्तरमा ८ मार्च १९११ मा महिला कामदारमाथि भएको श्रम शोषण विरुद्ध आवाज उठाइएको बताउनुभयो । त्यसै दिनको सम्झनामा आज ८ मार्च मनाई रहेको प्रष्ट पार्दै उहाँले नेपालमा सहाना प्रधानले श्रमिक महिलाहरुको पक्षमा आवाज उठाउन...