सुनचाँदी

अबैध सुन सहित मकवानपुर बाट एक जना पक्राउ

अबैध सुन सहित मकवानपुर बाट एक जना पक्राउ

अपराध, समाचार, सुनचाँदी
३१,जेठ २०८० मकवानपुरबाट अबैध सुन सहित एकजना पक्राउ परेका छन् । प्रहरीले हेटौँडा १५ रातोमाटेबाट ५४ लाख रुपैँया बराबरको सुन सहित एकजनालाई हेटौँडाबाट पक्राउ परेका हुन । ५६१ दशमलब ३० ग्राम सुन सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका छन् । विहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । प्रदेश २–०३–००१ ख् ०१५९ नम्बरको बसमा सवार उनले जुत्तामा उक्त सुन लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ताले बताए।...
सुनको मूल्यमा  ८ सय रुपैयाँले वृद्धि

सुनको मूल्यमा ८ सय रुपैयाँले वृद्धि

बजार, समाचार, सुनचाँदी
२१ जेठ २०८० काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ८ सय रुपैयाले  वृद्धि भएको भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।  
अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार

अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार

Top News 1, जीवनशैली, बजार, सुनचाँदी
१८, जेठ २०८० नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राख्दै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि बुधबार सुनको मूल्य तोलाको एक लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
सुनको मूल्य वृदि

सुनको मूल्य वृदि

बजार, समाचार, सुनचाँदी
३० फाल्गुन २०७९, काठमाडौँ (आज सुन र चाँदीको मूल्यमा वृदि भएको छ । हिजो नेपालि बजारमा एक लाख ५ हजार ७ सयमा कारोबार भएको छापावल सुनको मूल्य आज एक लाख ६ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ। तेजावी सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । सुन १लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहदा चाँदीको मूल्य भने प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको छ ।...