राजनीति

मास्कोट जर्निका संचालक अरुण मोक्तान यातायात व्यवसायी संघको सचिबमा निर्वाचित

मास्कोट जर्निका संचालक अरुण मोक्तान यातायात व्यवसायी संघको सचिबमा निर्वाचित

Top News 1, राजनीति, समाचार
काठमाण्डौ/ मास्कोट जर्नी प्रा.लि. काठमाण्डौका संचालक अरुण मोक्तान पर्यटक यातायात व्यवसायी संघको २० औ साधारण सभाबाट सचिब पदमा विजयी भएका छन । संघको मङ्गलबार भएको निर्वाचनमा मोक्तानले बेदराज बाँस्तोला समुहबाट सचिब पदमा उमेदवारी दिएका थिए । निर्वाचनमा बास्तोला प्यानल नै विजयी भएका छन् । संघको नवनिर्वाचित पदाधिकारिहरुमा अध्यक्षमा बेदराज बास्तोला, बरिस्ठ उपाध्यक्षमा रमेश गौतम ,  द्वितीय उपाध्यक्षमा विनोद तमाङ्ग, महासचिवमा केदानाथ कट्टेल, सचिवमा अरुण मोक्तान र कोषाध्यक्षमा रामकुमार बस्नेत निर्वाचित भएका छन । त्यसैगरी नमराज अर्याल, राम आचार्य, टेकबहादुर पुन र नकुल तिमल्सिनाले साेही प्यानलबाट सदस्य पदमा चुनिएका छन । साधारण सभा भने भदाै २२ गते सम्पन्न हुने संघले जनाएको छ। निर्वाचित कार्यसमिति: ...
नेपाल पर्यटक यातायात व्यवसायी संघको सचिब पदमा थाहानगरको अरुण मोक्तानको उमेदवारी

नेपाल पर्यटक यातायात व्यवसायी संघको सचिब पदमा थाहानगरको अरुण मोक्तानको उमेदवारी

Top News 1, राजनीति, समाज, स्थानीय
काठमाण्डौ/ नेपाल पर्यटक यातायात व्यवसायी संघको २० औ साधारण सभा भदौ १९ मा हुदैछ ।संघको सभामा यसपटक केन्द्रीय कार्यसमितिकाे आसन्न चुनाव समेत हुनेछ । चुनाबमा शनिबार घोषित बेदराज बाँस्तोला नेतृत्वको प्यानलबाट थाहा नगरका अरुण मोक्तान सचिब पदका उमेदवार चुनिएका छन्  । आज सचिब पदमा अरुण मोक्तानलाइ अघि सार्दै बास्तोला समुहको पुर्ण प्यानल सार्वजनिक गरिएको छ । बाँस्तोला प्यानललाई पूर्व अध्यक्षद्वय रामशरण कार्की र साङ्गे लामा तथा पूर्व प्रथम उपाध्यक्षत्रय सुनिल श्रेष्ठ, राजकुमार लामा र भिम गोलेको समर्थन रहेको छ । साधारण सभाबाट चुनिने नेतृत्वका लागि बाँस्तोला प्यानलबाट प्रथम उपाध्यक्षमा रमेश गौतम, द्वितीय उपाध्यक्षमा विनोद तमाङ्ग, महासचिवमा केदानाथ कट्टेल, सचिवमा अरुण मोक्तान र कोषाध्यक्षमा रामकुमार बस्नेत मैदानमा उत्रने भएका छन्  । त्यसैगरी नमराज अर्याल, राम आचार्य, टेकबहादुर पुन र नकुल तिमल्सिनाले ...
नेपाल पर्यटक यातायात व्यवसायी संघको अध्यक्षमा बास्तोलाको उमेदवारी

नेपाल पर्यटक यातायात व्यवसायी संघको अध्यक्षमा बास्तोलाको उमेदवारी

Top News 1, प्रदेश, राजनीति, समाज
काठमाडौँ । नेपाल पर्यटक यातायात व्यवसायी संघको २० औ साधारण सभा भदौ १९ मा हुदैछ ।संघको सभाबाट केन्द्रीय कार्यसमितिकाे आसन्न चुनाव हुने भएको छ । चुनाबमा बेदराज बाँस्तोला नेतृत्वको प्यानल सार्वजनिक गरिएको छ । काठमाडौँमा शनिबार घोषणा गरिएको बाँस्तोला प्यानललाई पूर्व अध्यक्षद्वय रामशरण कार्की र साङ्गे लामा तथा पूर्व प्रथम उपाध्यक्षत्रय सुनिल श्रेष्ठ, राजकुमार लामा र भिम गोलेको समर्थन रहेको छ । साधारण सभाबाट चुनिने नेतृत्वका लागि बाँस्तोला प्यानलबाट प्रथम उपाध्यक्षमा रमेश गौतम, द्वितीय उपाध्यक्षमा विनोद तमाङ्ग, महासचिवमा केदानाथ कट्टेल, सचिवमा तेज लामा र कोषाध्यक्षमा रामकुमार बस्नेत मैदानमा उत्रिएका छन् । त्यसैगरी नमराज अर्याल, राम आचार्य, टेकबहादुर पुन र नकुल तिमल्सिनाले साेही प्यानलबाट सदस्य पदमा दाबेदारी पेश गरेका छन् । संघकाे नयाँ नेतृत्वका लागि यही भदाै १९ गते चुनावकाे कार्यक्रम तय गरिए...
शितल पाण्डे (भगवती) विरुद्ध पक्राउ पुर्जी जारि

शितल पाण्डे (भगवती) विरुद्ध पक्राउ पुर्जी जारि

Top News 1, राजनीति, शिक्षा, समाचार, समाज
 २०८०, श्रावण १२ अधिवक्ता शीतल पाण्डे (भगवती)विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पाण्डेविरूद्ध तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेकोले आज पक्राउ पुर्जी जारी गरिएको हो । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने र त्यसैको कारण उनिहरु अपराधिक घटनामा सम्लग्न हुने गरेको र विज्ञानको हिसाबले समेत यो गलत रहेको बताएकी थिइन् ।...
थाहामा विद्युतीय चार्जिङ्ग स्टेशनका लागि पहल, तत्काल कार्य सुरु गरिने

थाहामा विद्युतीय चार्जिङ्ग स्टेशनका लागि पहल, तत्काल कार्य सुरु गरिने

Top News 1, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
२०८०, श्रावण १२ बिहिबार थाहा नगरपालिकाका विभिन्न स्थानहरुमा विद्युतीय सवारी चार्जिङ्ग स्टेशन निर्माणका लागि पहल गरिएको छ ।आज (बिहिबार) नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिका अध्यक्ष विनोद लामाले नेपाल विद्युत प्राधिकरण पालुङ्ग वितरण केन्द्रका प्रमुख विरमान रासकोटीसङ्ग औपचारिक भेट गर्दै विद्युतिय सवारि चार्जिङ्ग स्टेशन निर्माणको लागि पहल गर्नुभएको हो । स्टेशनको लागि गरिएको पहल समयअनुरुप भएको बताउँदै प्राधिकरण प्रमुख रासकोटिले सम्बन्धित अधिकारिलाई तुरुन्तै फोन सम्पर्क गरि स्टेशन निर्माणका लागि औपचारिक विवरण समेत जानकारी लिनुभएको छ । अधिकारिका अनुसार पालुङ्ग वितरण केन्द्रलाइ आवश्यक कागजातका साथ अगाडि बढ्न भनिएको छ । मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने थाहा नगरपालिका पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो । हाल विभिन्न स्थानहरुबाट पर्यटकहरु थाहामा भित्रीने क्रम रह...
प्रधानमन्त्री ‘प्रचण्ड’ इटाली भ्रमणमा जाने

प्रधानमन्त्री ‘प्रचण्ड’ इटाली भ्रमणमा जाने

राजनीति, समाचार
३ श्रावण, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणमा जाने भएका छन् । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको हो । बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधि मण्डल इटाली जान लागेको जानकारी दिएकी हुन् । प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुनेछन् । प्रधानमन्त्री दाहाल साउन ६ गते बेलुका इटली प्रस्थान गर्ने र एक हप्तापछि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।...
रवि लामिछाने भोली थाहानगर आउँदै

रवि लामिछाने भोली थाहानगर आउँदै

Top News 1, अन्तर्राष्ट्रिय, प्रदेश, राजनीति, समाचार, समाज, स्थानीय
१५ असार, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने असार १६ गते शनिवार थाहा नगरको बिस्तारित भेलालाई सम्वोद्धन गर्न आउनुहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर जिल्ला सभापति भरत पराजुलिको अनुसार रास्वपाको थाहा नगरपालिका विस्तारित भेलामा लामिछानेले सम्वोद्धन गर्नुहुनेछ । शनिबार नै भेलाबाट थाहा नगर कमिटी समेत घोषणा गर्ने जिल्ला सभापति पराजुलिले बताउनुभयो । भेला थाहा नगरको पालुङ जेसिज हलमा ११ बजेदेखी हुने भएको छ।...
योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश गर्ने : प्रधानमन्त्री

योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश गर्ने : प्रधानमन्त्री

Top News 1, राजनीति, शिक्षा, समाचार
६ असार २०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग र ध्यानको विषय पाठ्यक्रममा समावेश गर्ने उद्देश्य सरकारले राखेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर नै सरकारले यस्तो उद्देश्य राखेको जानकारी गराए । प्रधानमन्त्री प्रचण्डले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्ने उद्देश्य रहेको उनले बताए । साथै नेपाल सरकारको यो निर्णयले योग आध्यात्मिक चिन्तनको महत्वलाई स्थापित गर्न गुणात्मक र दीर्घकालीन भूमिका खेल्ने पनि बताए । प्रधानमन्त्री प्रचण्डले योग नेपालको अमूल्य सम्पत्ति भएको समेत बताए । ‘यहाँका पुराना शहर र भवनको निर्माणमा पनि योगको ज्ञान, विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग भएको...
धरानमा पनि मेयर हर्क साम्पाङले रोक लगाए ‘आदिपुरुष’को प्रदर्शन

धरानमा पनि मेयर हर्क साम्पाङले रोक लगाए ‘आदिपुरुष’को प्रदर्शन

मनोरञ्जन, राजनीति, समाचार
४ , असार,२०८०, काठमाडौं मेयर हर्क साम्पाङले ‘आदिपुरुष’को प्रदर्शन धरानमा पनि रोक लगाएका छन्। असार १ शुक्रबार बाट प्रदर्शनमा आएको भारतिय चलचित्र ‘आदिपुरुष’ लाई उपमहानगरपालिका धरानमा पनि मेयर हर्क साम्पाङले प्रदर्शनमा रोक लगाए हुन्। भर्खरै उहाले आफ्नो टुइटर अकाउन्ट मा एउटा छोटो भिडीयो सेयर गर्दै ‘आदिपुरुष’ लाई उपमहानगरपालिका धरानमा पनि प्रदर्शन रोक लगाएको सबैलाइ जानकारी गराएका छन्। मेयर हर्क साम्पाङले हाम्रो देश को राष्टीयाता, अखण्डता,स्वाभिमान,सार्वभौमसत्तामा आच आउने कुनै पनि सोच विचार अभिव्यक्ति हामीलाई सहिय हुने छैन भन्ने अभिव्यक्ति पनि प्रकट गरेका छन्।...
सर्वच्चोले दियो सरकारलाई कारण देखाउ आदेश — रेशम चौधरी

सर्वच्चोले दियो सरकारलाई कारण देखाउ आदेश — रेशम चौधरी

Top News 1, अपराध, राजनीति, समाचार
२४, जेठ २०८० काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका चौधरी कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। टीकापुर घटनाका पीडित शारदा कडायत बोहोराले आममाफी दिने निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो ।  ...