मनोरञ्जन

एम्बाप्पे फर्किए पनि पीएसजी बराबरीमै रोकियो !

एम्बाप्पे फर्किए पनि पीएसजी बराबरीमै रोकियो !

खेलकुद, मनोरञ्जन
किलियान एम्बाप्पे करार विवादबीच टोलीमा फर्किँदै गोल गरे पनि साबिक विजेता पेरिस सेन्ट जर्मेन लिग वानमा टोलुससँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेल १–१ को बराबरीमा सकिएको हो । २४ वर्षीय फ्रेन्च कप्तान सब्सटिच्युटका रूपमा मैदान प्रवेश गरेको ११ मिनेटमा नै गोल गर्न सफल भएका थिए । ६२ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै उनले टोलीलाई अग्रता दिलाए । तर, खेलको अन्त्यतिर मोरक्कोका फरवार्ड जाकारिया अबुखलालले पेनाल्टीबाट गोल फर्काउँदै खेल बराबरी गरे । पीएसजी सुरुवाती दुई खेलमा जीतविहीन रहेको छ । पहिलो खेलमा पनि टोली बराबरीमा नै रोकिएको थियो । शनिबार भएका अन्य खेलमा मोन्टपेलियरले लियोनलाई ४–१ गोलले हरायो ।...
मेस्सीको गोलमा इन्टर मियामी बन्यो च्यम्पीयन !

मेस्सीको गोलमा इन्टर मियामी बन्यो च्यम्पीयन !

अन्तर्राष्ट्रिय, खेलकुद, मनोरञ्जन, समाचार
०३, भाद्र २०८० काठमाण्डौ -लिओनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप–२०२३ को उपाधि जितेको छ । फाइनलमा नाशभिल एफसीलाई हराउँदै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो । टाइब्रेकरमा नाशभिल १०–९ गोलले पराजित भयो । निर्धारित समय एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो । २३औँ मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, ५७ औँ मिनेटमा फाफा पिकल्टले गोल गरेपछि खेल बराबरी भएको थियो । त्यसपछि थप गोल नभएपछि खेल सडन डेथसम्म पुग्यो । सन् २०२० मा स्थापित इन्टर मियामीको यो क्लब इतिहासकै पहिलो उपाधि हो । मेस्सी हालै इन्टर मियामीमा आबद्ध भएका थिए । टोलीले अपराजित रहेर उपाधि जित्दा कप्तान मेस्सीले हरेक खेलमा गोल गरेका थिए।...
गणेश विष्टको फोटोग्राफि यात्रा “तस्विरमा बालबालिका”मा विष्टको फोटो प्रदर्शनी

गणेश विष्टको फोटोग्राफि यात्रा “तस्विरमा बालबालिका”मा विष्टको फोटो प्रदर्शनी

Top News 1, मनोरञ्जन, शिक्षा, समाचार, समाज, स्थानीय
सानोबाबु मुक्तान ०२, भाद्र २०८० बालबालिकाहरुमा खुशीयाली ल्याउने उद्देश्य सहित आज काठमाण्डौको वसन्तपुरमा "तस्वीरमा बालबालबालिका" नामक एक कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रीय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजना तथा सिविन नेपालको सहयोगमा कार्यक्रमको आयोजना भएको हो । १८४ औं विश्व फोटोग्राफि दिवसको अवसरमा आयोजित  कार्यक्रममा उत्तरी मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ का फोटो पत्रकार गणेश विष्ट सहित २५ जना फोटो पत्रकारहरुले  खिचेको ६० भन्दा बढि भिन्न भिन्न बालबालिकाका विविध क्रीयाकलाप समेटिएका तस्वीरहरु समावेश गरिएको थियो । विष्ट थाहा नगरका फोटो पत्रकार हुन उनले कैद गरेका तस्विरको चर्चा दिनानुदिन बढ्दो छ । यसअघि पनि थाहा नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फरक सोच समुहको आयोजनामा वसन्तपुरमै गरिएको फोटो प्रदर्शनी कार्यक्रममा विष्टलेनै कैद गरेका तस्विरहरु  प्रदर्शनीमा राखिएको थियो । सा...
थाहा नगरमा टिकटक प्रतियोगिता हुने, (स्ववियु)पालुङ बहुमुखी क्याम्पस आयोजक

थाहा नगरमा टिकटक प्रतियोगिता हुने, (स्ववियु)पालुङ बहुमुखी क्याम्पस आयोजक

Top News 1, मनोरञ्जन, शिक्षा, समाचार, समाज, स्थानीय
२०८०, श्रावण ३० स्वतन्त्र विद्यार्थि युनियन पालुङ बहुमुखी क्याम्पसको क्याम्पसले थाहा नगरमै पहिलो पटक टिकटक प्रतियोगिता गर्ने भएको छ । शैक्षिक सत्र २०८०/८१ का लागि मानविकी र व्यवस्थापन संकायको भर्ना खुलेको विज्ञापनको विषयलाई टिकटकमा उतार्ने र टिकटकको माध्यमबाट पनि भर्ना सुचनालाई अझ प्रचार गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको क्याम्पस प्रमूख राजन मिश्रले बताउनुभयो । प्रतियोगितामा टिकटक बनाउन सक्ने जोकोहिले सहभागि जनाउन पाउने छन् भने प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश ५ हजार ३ हजार र २ हजार पुरस्कार प्राप्त गर्ने स्ववियु सभापति पुष्कल श्रेष्ठले जानकारी दिनुभयो । यहि भाद्र २० गतेसम्म टिकटक निर्माण गरिसक्नुपर्ने र टिकटक निर्माणका लागि विभिन्न नियमहरु निर्धारण गरिएको छ । टिकटक प्रतियोगिताको प्रचार सामाग्रिको व्यानर आज सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । हेर्नुहोस...
चलचित्र ‘जय हो’ को पोष्टर काठमाण्डौमा नटाँसिने !

चलचित्र ‘जय हो’ को पोष्टर काठमाण्डौमा नटाँसिने !

Top News 1, मनोरञ्जन, शिक्षा, समाचार, समाज, स्थानीय
आगामी भाद्र ८ गते अर्थात अगस्ट २५ मा देश तथा विदेशमा एकै साथ प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘जय हो’ ले काठमाडौँमा फिल्मको पोष्टर नटास्ने भएको छ । काठमाडौँ सुन्दर बनाउने अभियानमा साथ दिन चलचित्रको पोष्टर नटास्ने निर्णय गरिएको निर्माता शोभित बस्नेतले बताउनुभयो। बस्नेतले आफ्नो मात्र नभएर कुनैपनि फिल्मका पोष्टर नटास्न अनुरोध समेत गर्नुभएको छ । ‘टेक पौरखी राईद्वारा निर्देशित चलचित्रमा केकी अधिकारी र सलोन बस्नेतका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । निर्देशक तथा निर्माता शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन समीर मियाँको भीएफएक्स र सन्देश शाहको ट्रेलर रहेको छ । चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांक...
गायक प्रकाश सपूत माथी बोतल प्रहार

गायक प्रकाश सपूत माथी बोतल प्रहार

Top News 1, अपराध, प्रदेश, मनोरञ्जन, समाचार
११ असार २०८०, रोमानियामा आयोजित एक सांगितिक कार्यक्रममा गायक प्रकाश सपूत माथी बोतल प्रहार भएको छ । गायक सपुतलाई गीत गाउँदै गरेको अवस्थामा बिएरको क्यन बोत्तल प्रहार भएको भिडियो आहिले समाजिक संन्जाल मा भाइरल भैरहेको छ । उक्त भिडियो मा गाएक ले प्रस्तुति दिरहेकै बेला दर्शकको भिड बाट बोत्तल प्रहार गरिएको प्रष्ट देखिन्छ । गायक सपूत केही दिन अघि मात्र संगितिक कार्यक्रम को लागि रोमनिया पुगेका थिए । सोही क्रम मा हिजो साझ आयोजित एक कार्यक्रम मा सो घटना घटेको हो । आफू माथी बोत्तल प्रहार हुदा समेत पनि उनी आफ्नो प्रस्तुति राख्न भने पछी हटेनन्। कार्यमा आफ्नो प्रस्तुति सकिए पछि गाएक ली भने फेरि फेरि यतो घटना नदोहिरियोस र न दोर्ह्याउन आग्रह समेत गरे। सधै जोसुकैले म माथी बोत्तल प्रहार गरेको भएपनी उक्ता ब्यती लाई कसैले केही नगरिदिन अनुरोध समेत गरे ।उक्त कार्यक्रम मा गयिका प्रीति आले संगै अरु कलाकर हर...
धरानमा पनि मेयर हर्क साम्पाङले रोक लगाए ‘आदिपुरुष’को प्रदर्शन

धरानमा पनि मेयर हर्क साम्पाङले रोक लगाए ‘आदिपुरुष’को प्रदर्शन

मनोरञ्जन, राजनीति, समाचार
४ , असार,२०८०, काठमाडौं मेयर हर्क साम्पाङले ‘आदिपुरुष’को प्रदर्शन धरानमा पनि रोक लगाएका छन्। असार १ शुक्रबार बाट प्रदर्शनमा आएको भारतिय चलचित्र ‘आदिपुरुष’ लाई उपमहानगरपालिका धरानमा पनि मेयर हर्क साम्पाङले प्रदर्शनमा रोक लगाए हुन्। भर्खरै उहाले आफ्नो टुइटर अकाउन्ट मा एउटा छोटो भिडीयो सेयर गर्दै ‘आदिपुरुष’ लाई उपमहानगरपालिका धरानमा पनि प्रदर्शन रोक लगाएको सबैलाइ जानकारी गराएका छन्। मेयर हर्क साम्पाङले हाम्रो देश को राष्टीयाता, अखण्डता,स्वाभिमान,सार्वभौमसत्तामा आच आउने कुनै पनि सोच विचार अभिव्यक्ति हामीलाई सहिय हुने छैन भन्ने अभिव्यक्ति पनि प्रकट गरेका छन्।...
चौतर्फि बिरोध पस्चात हटाइयो विवादित संवाद

चौतर्फि बिरोध पस्चात हटाइयो विवादित संवाद

Top News 1, अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार
आज बाट प्रर्दशन मा आएको दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपालमा प्रदर्शन अनुमति दिएको हो । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद को चौतर्फि बिरोध पस्चात आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाए पस्चात बोर्डले अनुमति दिएको हो । सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज पक्का भएको हो। तर, काठमाडौं महानगरका मेयर बालेन शाहले भने व्यक्तिगत फेसबुक स्टाटसमा भने अनुरुप उक्त बिबादित संवाद नेपालमा मात्र नभई भारतमा समेत नहटाए सम्म उक्त चलचित्रलाई काठमाडौं महानगरमा प्रदर्शन अनुमतिमा रोक लगाएका छन् बालेनको सचिवालयले पनि आफू...
उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड देवेन्द्र कुवँरलाई

उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड देवेन्द्र कुवँरलाई

Top News 1, मनोरञ्जन, समाचार, स्थानीय
काठमाण्डौ १० वैशाख, २०८० विमन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्धारा आयोजित “तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९” मा मायाले चलेन संसार बोलको गितबाट उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड निर्देशक देवेन्द्र कुवँरले प्राप्त गरेका छन् । शनिबार एल्लो प्यागोडा होटेल कान्तिपथ, जमल काठमाण्डौमा सम्पन्न कार्यक्रममा निर्देशक कुवँरलाई अवार्ड प्रदान गरिएको छ । उक्त अवार्डका लागि टप फाइभ नोमिनेशन रहेको थियो । नोमिनेसनमा परेका अन्य ४ वटा गीतलाई पछि पार्दै निर्देशक कुवँरले अवार्ड हात पारेका हुन् । गीतमा कृष्ण सताब्दीको शब्द, सागर भण्डारीको संगीत तथा कुशल वेलवासेको आवाज रहेको छ । गीतको भिडियोमा कलाकार सारिका के.सी., भिम खड्का र पारस थापा क्षेत्रीको अभिनय रहेको छ । भिडीयोमा साहुको ऋण समयमा तिर्न नसक्दा आफ्नो परिवारलाई छोडेर परदेशिनुको पिडा यथार्थपरक पीडा समेटिएको छ ।...
म हुँ चप्पल: सुरेश कार्की

म हुँ चप्पल: सुरेश कार्की

Top News 1, मनोरञ्जन, विचार, स्थानीय
कबिता चप्पल म हुँ चप्पल# कैयौं का टुक्रे्को मन, निचोरियको आत्मा थकित नयन ,स्थिर मस्तिष्क लक्ष्य बिहिन मान्छेको तौल बोकेर यो पीडित सहरमा युगौ देखी निरन्तर हिडिरहेको छु कैयौं पोका अबिर र सैयौ थुंङ्गा फुलले सजिएको अनुहार र गर्धन घमण्ड के भरिएको एउटा सिर मैले बोकेको हुँ अनि लगाउन खोज्दा एउटा कमिज को पहिलो टाँक बिग्रेपछि को सबै बिग्रे जस्तै लथालिङ्ग जिन्दगी पनि सफलताको उचाई देखी असफलताका गहिराई सम्म हरेक पथ हरुमा साथमा मा साथ मिलाउने मै त हुँ एउटा जिन्दगी उभिन थालेपछि नढलुन जेल सम्मको यात्रा । अनबरत अविरल रुपमा बोक्ने चप्पल मै हुँ तर मैले बुढो हुँदा पाउदिन न्याय फ्यालिनु पर्छ सडकमा किन कि म चप्पल हुँ थोत्रो चप्पल !! suresh karki nisad थाहा नगरबासी दामन मकवानपुर हाल जापान टोकियो ...