बजार

प्याजको मूल्यमा कालोबजारी !

प्याजको मूल्यमा कालोबजारी !

कृषि, बजार, समाचार
०४, भाद्र २०८० काठमाण्डाै - भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरे लगत्तै नेपाली बजारमा त्यसको प्रभाव देखिएको छ । व्यापारीले यसअघि नै आयात भइसकेको प्याजको मूल्य बढाएका छन् । भारतले गएको शनिवार निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो । यतिबेलासम्म नेपाली बजारमा खुद्रा पसलमा  प्याज किलोको ५० देखि ६० रुपैयाँमा पाइन्थ्यो । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आज पनि प्याज किलोको ६० देखि ६२ रुपैयाँ थोक मूल्य छ । तर, भारतले कर लगाए लगत्तै खुद्रा पसलमा प्याजको मूल्य किलोको एक सय रुपैयाँसम्म पुगिसकेको छ । व्यापारीले मौकाको फाइदा उठाउँदै पहिल्यै आयात भएको प्याजको मूल्य समेत बढाएर कालोबजारी गरेका छन् । प्याजलगायत तरकारी नेपालमै प्रशस्त उत्पादन हुने भए पनि बजार नपाउँदा खेती घट्दै गएको छ । भारतसँग निर्भरता बढ्दा उपभोक्ताले महँगीको ...
प्याजको मूल्य बढी लिए कारबाही

प्याजको मूल्य बढी लिए कारबाही

Top News 1, कृषि, बजार, समाचार
शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक सूचना जारी गर्दै प्याजको मूल्य बढाए कारबाही हुने बताएको हो। ’आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा वस्तुको स्वभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध भएको व्यहोरा सबैमा विदितै छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ। शुक्रबार एक जारी सूचनामा उल्लेख गरीएको छ।...
सुनको मूल्यमा  ८ सय रुपैयाँले वृद्धि

सुनको मूल्यमा ८ सय रुपैयाँले वृद्धि

बजार, समाचार, सुनचाँदी
२१ जेठ २०८० काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ८ सय रुपैयाले  वृद्धि भएको भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।  
अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार

अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार

Top News 1, जीवनशैली, बजार, सुनचाँदी
१८, जेठ २०८० नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राख्दै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि बुधबार सुनको मूल्य तोलाको एक लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
हालसम्मकै उच्च मूल्य, सुनको प्रतितोला कति

हालसम्मकै उच्च मूल्य, सुनको प्रतितोला कति

Top News 1, बजार
काठमाडौं,५ चैत । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ । सुनको मूल्यलले अहिले सम्मकै उच्च रेकर्ड बनाएकोे महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए । आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको भाउ बढेको हो । गत शुक्रबार सुनको खरिद बिक्री प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा भएको थियो । मुल्य एक लाख ७ हजार ५ सय रुपैयाँमा यसअघि माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च कारोबार भएको थियो ।...
सुनको मूल्य वृदि

सुनको मूल्य वृदि

बजार, समाचार, सुनचाँदी
३० फाल्गुन २०७९, काठमाडौँ (आज सुन र चाँदीको मूल्यमा वृदि भएको छ । हिजो नेपालि बजारमा एक लाख ५ हजार ७ सयमा कारोबार भएको छापावल सुनको मूल्य आज एक लाख ६ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ। तेजावी सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । सुन १लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहदा चाँदीको मूल्य भने प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको छ ।...