फिचर न्यूज

थाहाको पर्यटकीय गन्तव्यहरुको प्रारम्भिक विवरण संकलन, कुल ११६ गन्तव्य थाहामा

थाहाको पर्यटकीय गन्तव्यहरुको प्रारम्भिक विवरण संकलन, कुल ११६ गन्तव्य थाहामा

Top News 1, प्रदेश, फिचर न्यूज, रोचक, शिक्षा, समाचार, समाज, स्थानीय
सानोबाबु मुक्तान थाहानगर २०८०, भाद्र ०७ थाहा कला केन्द्रले थाहा नगरपालिकाका पर्यटकीय गन्तव्यहरुको प्रारम्भिक विवरण संकलन गरेको छ । कला केन्द्रले यसै वर्ष थाहा फिल्म फेस्टिवल–२०२३ को आयोजना गर्दैछ । त्यसैको पूर्व तयारी अनुरुप केन्द्रले थाहाको सम्पूर्ण वडा कार्यालयहरुसंग पर्यटकीय गन्तव्य र प्रकार समेत खुल्ने गरि विवरण संकलन गरेको हो । संकलित विवरण अनुसार थाहा भित्र पर्वतिय, जल, धार्मिक, साहसिक र अन्य गरि कुल ११६ गन्तव्यहरु उल्लेख भई आएका छन् । जसमध्ये वडा नं. १ मा ८ वटा, वडा नं. २ मा ११ वटा, वडा नं. ३ मा १३ वटा , वडा नं. ४ मा ९ वटा, वडा नं. ५ मा ६ वटा, वडा नं. ६ मा ७ वटा, वडा नं. ८ मा १५ वटा पर्यटकीय गन्तव्यहरु भएको पाईएको छ त्यस्तै वडा नं. ९ मा १३ वटा , वडा नं. १० मा ५ वटा, वडा नं. ११ मा १० वटा र वडा नं. १२ मा ४ वटा पर्यटकीय गन्तव्यहरु रहेका छन् ।  विवरण अनुसार जल पर्यटकीय गन्तव्य ५ वटा...