जीवनशैली

सातौँ एसियन गोजुरियो कराँतेमा थाहालाई ५ स्वर्ण सहित ९ पदक

सातौँ एसियन गोजुरियो कराँतेमा थाहालाई ५ स्वर्ण सहित ९ पदक

Top News 1, खेलकुद, जीवनशैली, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाण्डौ/सातौँ एसियन एजिकेएफ कराँते प्रतियोगितामा नेपाल गोजुरियो कराँते दो संघ शाखा दोजो थाहाले ५ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेका छन् । नेपाल गोजुरियो कराँते दो संघको आयोजनामा काठमाण्डौको दशरथ रंगशालामा गत जेष्ठ ३२ देखि सुरु भएको प्रतियोगिताको फाईनल आज सम्पन्न भएको हो । प्रतियोगितामा शाखा दोजो थाहाकी रिवु केसी (–४५ केजि तौल समूह), विनिता खत्री (+४५ केजि तौल समूह), मल्लिका खत्री (–५५ केजि तौल समूह), सुमन घिमिरे (–६० केजि तौल समूह) र विकास भ्लोनले (–६५ केजि तौल समूह) बाट स्वर्ण पदक प्राप्त गरेका छन् । त्यस्तै सन्तराम अधिकारि (–६० केजि तौल समूह), र सञ्जिता गोलेले (–४० केजि तौल समूह)बाट रजत पदक हात पारे भने सुशान्त दोङ    (–४० केजि तौल समूह) र प्रमिला थोकरले (–५० केजि तौल समूह)बाट कास्य पदक प्राप्त गरेको शाखा दोजो थाहाका प्रशिक्षक मानसिं दोङले बताउनु भयो । कराँतेलाई थाहा नगरमा निरन...
भीमफेदीका ९ वर्षिय बालकको उपचारका लागि  सहयोग अपिल, सहयोग गरिदिन परिवारको आग्रह

भीमफेदीका ९ वर्षिय बालकको उपचारका लागि सहयोग अपिल, सहयोग गरिदिन परिवारको आग्रह

Top News 1, जीवनशैली, प्रदेश, शिक्षा, समाचार, समाज, स्थानीय
०२, असार २०८० मकवानपुर/भिमफेदी गाउँपालिका वडा नम्बर १ किसेडी मच्छेबास निवासी ९ वर्षिय सुशील पाख्रीनको उपचारको लागि आर्थिक सहयोग अपिल गरिएको छ ।  झलक बहादुर पाख्रीन र ईबक माया पाख्रीनका कान्छा छोरा सुशीलको स्वास्थ अवस्था असाध्यै नाजुक भएपछि उपचारको लागि हिजो भरतपुर अस्पताल लगिएको थियो । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण सुशिलका बुबा र आमाले भिमफेदि गाउपालिका वडा नम्बर १ बाट निर्वाचित वडा सदस्य तथा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुमीत्रा थिङ्ग (सुमिरा) सङ्ग उपचारका लागि आग्रह गरेका थिए । आग्रह सङ्गै जनप्रतिनिधि थिङले सुशिलको उपचारको लागि आफ्नो फेसबुक आइडीमार्फत सुशिलको उपचारका लागि खर्च जुटाउन आर्थिक सहयोग अपिल गर्नुभएको छ । अस्पतालको अनुसार सुशिलको मुटु, कलेजो र किड्निमा समस्या देखिएको छ भने शरिरमा आवश्यक रगतको समेत कमि देखिएको छ । सुशिलका बुबा र आमा छोराको उपचार गराउन पाए छोर...
कैलाश गाउँपालिकामा विवाह अगाडि १२ पास गर्नेले पाए २० हजार रुपैयाँ

कैलाश गाउँपालिकामा विवाह अगाडि १२ पास गर्नेले पाए २० हजार रुपैयाँ

Top News 1, जीवनशैली, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई रु २० हजार नगद हस्तान्तरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमअन्तर्गत प्रोत्साहन र सम्मान गरेको बताउनुभयो । मुक्तानका अनुसार कैलाश–६ की सङ्गीता ढुङ्गाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश–१० की सरुया प्रजा र उर्मिला थिङ, त्यसैगरी कैलाश–२ की लक्ष्मी मुक्तानलाई नगदसहित सम्मान गरिएको हो । गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताउनुभयो । देशभरका स्थानीय तहमध्ये पृथक कार्यक्रमको सुरुआत गरेको उहाँको ...
अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार

अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार

Top News 1, जीवनशैली, बजार, सुनचाँदी
१८, जेठ २०८० नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राख्दै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि बुधबार सुनको मूल्य तोलाको एक लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
बाँच्ने आशामा मिडियामा दुई पूर्वजनमुक्ति सेना , अभियान सञ्चालन गर्दै सहकर्मी एस.पि.रेग्मि

बाँच्ने आशामा मिडियामा दुई पूर्वजनमुक्ति सेना , अभियान सञ्चालन गर्दै सहकर्मी एस.पि.रेग्मि

Top News 1, जीवनशैली, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
सानोबाबु मुक्तान थाहानगर ०६ चैत्र,२०७९ जीवन अमूल्य छ त्यसैले प्यारो छ । संसारमा जन्म लिएका जो कोहिलाई पनि मर्न रहर हुँदैन र बाँच्न पाउने सबैको अधिकार हो । जीवनमा मानिसले विभिन्न उतारचढाबको सामाना गर्नुपर्छ । त्यस्तै विरगञ्ज घर भएका वर्ष ३५ का जनम विक्रम साह अहिले जीवन बाँच्नका लागि संघर्ष गरिरहेका छन् । विरगन्जमा पान पसल गरिरहेका साहको अहिले दुवै मृगौला फेल भएको डाक्टरले बताएका छन् । दुवै मृगौला फेल भएपनि अझै आफू बाँच्छुकी भन्ने आशामा साह बसिरहेका छन् । मृगौला फेल भएपछि श्रीमतिले अर्कैसंग विवाह गरेकोे र हाल उनिसंग ७ वर्षिय छोरी र उनलाई जन्म दिने आमा मात्रै घरमा रहेको उनले बताए । उनको बुबाको हालसालै मात्रै मृत्यु भयो । मृत्यु अगाव उनको बुबाले आफ्नो मृगौला छोरालाई दिने निधो गरेका थिए । तर बुबाको त्यो सपना पुरा हुन सकेन बुबाको मृत्यु भएपछि साह अहिले बाँकी उपचार कसरी गर्ने भनेर अलमल्लमा परे...
वैधानिक सामन्ती र तिनका कार्यप्रणालीले बनेको असहज परिस्थितिः राजु केसी

वैधानिक सामन्ती र तिनका कार्यप्रणालीले बनेको असहज परिस्थितिः राजु केसी

Top News 1, जीवनशैली, बिज्ञान प्रबिधि, राजनीति, विचार, शिक्षा, समाचार, समाज, स्थानीय
राजु केसी २४ फागुन २०७९ वर्तमान परिप्रेक्ष्यमा नेपालको अर्थतन्त्र खस्कँदो अवस्थामा छ । यहि परिवेशको कारण जन जिविकामा प्रत्यक्ष असर परेको छ । सर्वसाधारण आवश्यकता पूर्तिका लागि दिनहुँ दौडधुपमा छन् तर तिनका पूर्तिका अवस्था भने नाजुक अवस्थामा रहेका छन् । उच्च उद्यमी देखि किसान मजदुर लगायत सम्पुर्ण व्यवसायीहरु बैंक तथा वित्तिय संस्था, फाइनान्स, सहकारी तथा विभिन्न लघुवित्तका समुहहरुबाट आक्रान्त बनेका छन् । यहाँ सम्मकी भाखा नाघेका ऋण तिर्न नसक्नु र त्यस्ता निकायका पेलान्हरुबाट मानसिक रुपमै ग्रसति भैसकेपछि भाग्नु पर्ने अवस्थामा पुगेका छन् । भाग्ने मात्रै हैन आत्महत्या सम्मको कठोर कदमहरु चाल्ने अवस्थाको श्रीजना भएको हामीले देखिरहेका छौँ । ऋण, दिने निकायले हर तरहको बाटो अविलम्ब गरि व्याज, हर्जना, सबै असुल उपर गरिरहँदा यता व्यवसायी तथा सर्वसाधारण जो ऋणि छन् ति ऋणिहरु ऋणबाट उम्कनै नसक्ने दलदल भित्र ...
स्वास्थ्यकर्मीहरुको वाकाथुनः स्वस्थ रहन हिड्न जरुरी छ ।

स्वास्थ्यकर्मीहरुको वाकाथुनः स्वस्थ रहन हिड्न जरुरी छ ।

Top News 1, खेलकुद, जीवनशैली, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ
काठमाण्डौ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालको आयोजनामा काठमाण्डौको टेकुदेखी माईतिघर मण्डलासम्म वाकाथुन आयोजना गरिएको छ । वाकाथुनले महिलाहरुले घरको काम र व्यस्तताको कारण स्वस्थ जीवनयापनको लागि समय अभाव हुने हुँदा दैनिक हिँड्न जरुरी भएको र पुरुषहरुको समेत घरको काममा सहभागिता हुन जरुरी भएको सन्देश दिन खोजिएको छ । नेकपा (एमाले)को सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको वाकाथुनमा करिव २०० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । करिव ३ किलोमिटर स्वास्थ्यकर्मिहरुसंगै हिडेका एमाले सचिव भट्टराईले माईतिघरमा भएको कोण सभालाई सम्बोधन गदैं अन्तराष्ट्रिय स्तरमा ८ मार्च १९११ मा महिला कामदारमाथि भएको श्रम शोषण विरुद्ध आवाज उठाइएको बताउनुभयो । त्यसै दिनको सम्झनामा आज ८ मार्च मनाई रहेको प्रष्ट पार्दै उहाँले नेपालमा सहाना प्रधानले श्रमिक महिलाहरुको पक्षमा आवाज उठाउन...
त्यसैले मलाई एकोहोरो प्रेम औंधी मनपर्छः सुशाल

त्यसैले मलाई एकोहोरो प्रेम औंधी मनपर्छः सुशाल

Top News 1, जीवनशैली, मनोरञ्जन, रोचक, विचार
२४ फागुन, २०७९ थाहानगर मलाई तिमीसंग यस्तो प्रेम गर्नु छ । न भेट्नु छ,न बिहे गर्नु छ । बस् नभेटी,नदेखी ः– भावनात्मक तवरले प्रेम गर्नु छ । मलाई यस्तै प्रेम औंधी मनपर्छ । अझ भनु एकोहोरो प्रेम... एकोहोरो प्रेममा जस्तो आफ्नै स्वर्णीम सन्सारको कल्पना अन्त गर्न नपाउँदो हो, त्यसैले पनि मलाई यस्तै मनपर्छ । र त म अरु भन्दा पृथक छु । त्यसैले दुनियाँ मलाई अपवादको श्रेणीमा उभ्याईरहेछ । तर दुनियाँ जावोस् भाड्मे...म आफ्नो गति मोड्दिन... एकोहोरो प्रेममा तिमीले अस्विकार गर्ला भन्ने नि डर हुन्न ....कल्पना मै सहि, त्यहाँ मात्र मिलन हुनेछ । र त मलाई एकोहोरो प्रेम औंधी मनपर्छ... त्यसैले अँचेल म मेरो कल्पनामा खालि हाम्रो मिलन मात्र देख्छु । त्यहाँ कुनै अवरोध देख्दिन । तिम्रो प्रेमको बर्षात मात्र देख्छु... त्यसैले मलाई एकोहोरो प्रेम औंधी मनपर्छ... म मेरो कल्पनामा एउटा भरिपुर्ण सम्बन्धको निर्माण गर्छु । ...
तराई–मधेशमा होली आज  मनाइँदै

तराई–मधेशमा होली आज मनाइँदै

Top News 1, जीवनशैली, प्रदेश, मनोरञ्जन
२३ फाल्गुन, २०७९ काठमाडौं । रङ्गीन पर्व मानिएको होली तराई–मधेशमा भने आज हर्षोल्लासका साथ मनाइँदैछ । हिमाली पहाडि भुभागका जिल्लाहरुमा भने हिजो नै होलि पर्व मनाईएको छ । सदा झैँ भोलि पल्ट आज तराई र मधेशमा भने आज होली पर्व मनाउन लागिएको हो । मधेशमा होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । सबै प्रकारका भेदभावलाई भष्म गरी सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्ने पर्वको रुपमा मधेशमा मनाइन्छ । यस पर्वले असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको मान्यता छ ।...
रंगिन पर्व फागु पूर्णिमा आज होली मनाइँदै

रंगिन पर्व फागु पूर्णिमा आज होली मनाइँदै

Top News 1, जीवनशैली, प्रदेश, रोचक, शिक्षा, समाचार
२२ फाल्गुन २०७९ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लाहरुमा एकापसमा खुसीका एक आपसमा रङ लगाएर मनाईँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ । अचेले यो पर्व पछिल्लो वर्षहरुमा भन्दा सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।...