खेलकुद

मकवानपुर ब्याडमिन्टन संघमा थाहाको नेतृत्व, सदस्यमा यादव रायमाझी चयन

मकवानपुर ब्याडमिन्टन संघमा थाहाको नेतृत्व, सदस्यमा यादव रायमाझी चयन

Top News 1, खेलकुद, स्थानीय
हेटौडा/ फरक सोच अभियानका संयोजक यादबजंग रायमाझी मकवानपुर जिल्ला व्याडमिन्टन संघको जिल्ला सदस्य पदमा चयन भएका छन् । रायमाझी हेटौँडामा शनिबार भएको संघको कार्यक्रमबाट सदस्य पदमा चयन भएका हुन् । कार्यक्रमबाट ध्रुवप्रसाद घिमिरेको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा विजय सिंह ठकुरी, उपाध्यक्षमा माधवी बोस, सुरेन्द्र प्रधान र देवबहादुर घिमिरे, सचिवमा प्रल्हाद उप्रेती, कोषाध्यक्षमा बिरु गुरुङ र सह–कोषाध्यक्षमा सगुन स्याङ्तान चयन हुनुभएको छ । यस्तै सदस्यमा केवलराज बानियाँ, सन्तोष कुमार क्षेत्री, दीपक सिंह बुढाथोकी, यादवजङ्ग रायमाझी, भुवन थापा, कुमार गोले, विक्रम सिं लामा, जीवन ठकुरी, नरेन्द्र मोक्तान, नवराज राई, रमेश रेग्मी र गुणबहादुर घलान चयन हुनुभएको छ । संघका सल्लाहकार हीरालाल श्रेष्ठको अध्यक्षतामा भेला भएको हो । ...
इङ्ल्याण्डलाइ हराउँदै महिला विश्वकपको उपाधि स्पेनले जित्यो

इङ्ल्याण्डलाइ हराउँदै महिला विश्वकपको उपाधि स्पेनले जित्यो

Top News 1, खेलकुद
फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले हात पारेको छ । आइतबार अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो । स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि जितेको हो । स्पेनका लागि ओल्गा कार्मोनाले खेलको २९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । तस्विर : गुगलबाट...
एम्बाप्पे फर्किए पनि पीएसजी बराबरीमै रोकियो !

एम्बाप्पे फर्किए पनि पीएसजी बराबरीमै रोकियो !

खेलकुद, मनोरञ्जन
किलियान एम्बाप्पे करार विवादबीच टोलीमा फर्किँदै गोल गरे पनि साबिक विजेता पेरिस सेन्ट जर्मेन लिग वानमा टोलुससँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेल १–१ को बराबरीमा सकिएको हो । २४ वर्षीय फ्रेन्च कप्तान सब्सटिच्युटका रूपमा मैदान प्रवेश गरेको ११ मिनेटमा नै गोल गर्न सफल भएका थिए । ६२ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै उनले टोलीलाई अग्रता दिलाए । तर, खेलको अन्त्यतिर मोरक्कोका फरवार्ड जाकारिया अबुखलालले पेनाल्टीबाट गोल फर्काउँदै खेल बराबरी गरे । पीएसजी सुरुवाती दुई खेलमा जीतविहीन रहेको छ । पहिलो खेलमा पनि टोली बराबरीमा नै रोकिएको थियो । शनिबार भएका अन्य खेलमा मोन्टपेलियरले लियोनलाई ४–१ गोलले हरायो ।...
मेस्सीको गोलमा इन्टर मियामी बन्यो च्यम्पीयन !

मेस्सीको गोलमा इन्टर मियामी बन्यो च्यम्पीयन !

अन्तर्राष्ट्रिय, खेलकुद, मनोरञ्जन, समाचार
०३, भाद्र २०८० काठमाण्डौ -लिओनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप–२०२३ को उपाधि जितेको छ । फाइनलमा नाशभिल एफसीलाई हराउँदै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो । टाइब्रेकरमा नाशभिल १०–९ गोलले पराजित भयो । निर्धारित समय एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो । २३औँ मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, ५७ औँ मिनेटमा फाफा पिकल्टले गोल गरेपछि खेल बराबरी भएको थियो । त्यसपछि थप गोल नभएपछि खेल सडन डेथसम्म पुग्यो । सन् २०२० मा स्थापित इन्टर मियामीको यो क्लब इतिहासकै पहिलो उपाधि हो । मेस्सी हालै इन्टर मियामीमा आबद्ध भएका थिए । टोलीले अपराजित रहेर उपाधि जित्दा कप्तान मेस्सीले हरेक खेलमा गोल गरेका थिए।...
नेपालको पहिलो जित-आइसीसी क्रिकेट

नेपालको पहिलो जित-आइसीसी क्रिकेट

Top News 1, खेलकुद, समाचार
६ असार २०८० ,काठमाडौं । आइसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । नेपालको जितमा भीम सार्कीले सर्बाधिक अविजित ७७ रन बनाएका थिए भने कुशल भुर्तेलले ३९ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ र आसिफ सेखले १२ रन बनाएका थिए । अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछाएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । जिम्बाबेसँग पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा जित हात पारेको छ । त्यस्तै अमेरिकाले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । अमेरिकाले पहिलो खेलमा वेस्टइण्डिजसँग पराजित भएको थियो...
सातौँ एसियन गोजुरियो कराँतेमा थाहालाई ५ स्वर्ण सहित ९ पदक

सातौँ एसियन गोजुरियो कराँतेमा थाहालाई ५ स्वर्ण सहित ९ पदक

Top News 1, खेलकुद, जीवनशैली, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाण्डौ/सातौँ एसियन एजिकेएफ कराँते प्रतियोगितामा नेपाल गोजुरियो कराँते दो संघ शाखा दोजो थाहाले ५ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेका छन् । नेपाल गोजुरियो कराँते दो संघको आयोजनामा काठमाण्डौको दशरथ रंगशालामा गत जेष्ठ ३२ देखि सुरु भएको प्रतियोगिताको फाईनल आज सम्पन्न भएको हो । प्रतियोगितामा शाखा दोजो थाहाकी रिवु केसी (–४५ केजि तौल समूह), विनिता खत्री (+४५ केजि तौल समूह), मल्लिका खत्री (–५५ केजि तौल समूह), सुमन घिमिरे (–६० केजि तौल समूह) र विकास भ्लोनले (–६५ केजि तौल समूह) बाट स्वर्ण पदक प्राप्त गरेका छन् । त्यस्तै सन्तराम अधिकारि (–६० केजि तौल समूह), र सञ्जिता गोलेले (–४० केजि तौल समूह)बाट रजत पदक हात पारे भने सुशान्त दोङ    (–४० केजि तौल समूह) र प्रमिला थोकरले (–५० केजि तौल समूह)बाट कास्य पदक प्राप्त गरेको शाखा दोजो थाहाका प्रशिक्षक मानसिं दोङले बताउनु भयो । कराँतेलाई थाहा नगरमा निरन...
मेसीले गरे ८०० गोल पुरा, पानामा २-० ले पराजित

मेसीले गरे ८०० गोल पुरा, पानामा २-० ले पराजित

Top News 1, खेलकुद, मनोरञ्जन, समाचार
  १० चैत २०७९, शुक्रबार विश्व विजेता अर्जेन्टिनाले विश्वकपपछिको पहिलो मैत्रीपुर्ण खेलमा शुक्रबार बिहान पानमालाई २–० ले पराजित गरेको छ । गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो । घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र युवा खेलाडी थिएगो अल्मडाले गोल गरेका थिए । ७८औं मिनेटमा अल्मडाले गोल गर्दै अग्रता दिलारे त्यस्तै मेसीले ८९औं मिनेटमा उत्कृष्ट फ्रीकिकबाट गोल गरेका थिए । यो सङ्गै मेसिले आफ्नो करिएरको ८०० गोल पुरागरी नया किर्तिमान कायम गरेका छन । अर्गेन्टिनाका लागि भने मेसीको यो ९९औं गोल हो । उनले क्लब स्तरीय खेलहरुमा कूल ७०१ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि ६७२ र पेरिस सेन्ट जर्मेनका लागि २९ गोल गरेका छन् । अर्जेन्टिनाका लागि एक सय गोल पूरा गर्नबाट मेसी एक गोलले टाढा छन् । अर्जेन्टिनाले अर्को खेल आउने मं...
प्रधानमन्त्री प्रचण्ड  त्रिवि मैदानमा

प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा

Top News 1, खेलकुद, रोचक, समाचार
३० फाल्गुन २०७९, प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विश्व्विध्यलयको त्रिवि मैदानमा आज भईरहे को नेपाल र युयई बीचको क्रिकेट म्याच हेर्न र नेपालि टिमलाई हौसला बढाउन उहाँ त्यहा पुग्नु भएको हो। आज विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा चलिरहेको छ। प्रधानमन्त्रीे नेपाली टिमको हौसला बढाउन त्यहाँ पुगेका हन्। आजको खेल नेपालका लागि निर्णायक मानिएको छ। आजको यो खेलमा नेपालि टिमको जित भएमा नेपाल सिधै जुन÷जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबलको छनोटमा पुग्नेछ। पछिल्ला दुवै खेलमा यूएईलाईले नेपालि टिम सँग हार बेहोरेको छ ।...
स्वास्थ्यकर्मीहरुको वाकाथुनः स्वस्थ रहन हिड्न जरुरी छ ।

स्वास्थ्यकर्मीहरुको वाकाथुनः स्वस्थ रहन हिड्न जरुरी छ ।

Top News 1, खेलकुद, जीवनशैली, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ
काठमाण्डौ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालको आयोजनामा काठमाण्डौको टेकुदेखी माईतिघर मण्डलासम्म वाकाथुन आयोजना गरिएको छ । वाकाथुनले महिलाहरुले घरको काम र व्यस्तताको कारण स्वस्थ जीवनयापनको लागि समय अभाव हुने हुँदा दैनिक हिँड्न जरुरी भएको र पुरुषहरुको समेत घरको काममा सहभागिता हुन जरुरी भएको सन्देश दिन खोजिएको छ । नेकपा (एमाले)को सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको वाकाथुनमा करिव २०० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । करिव ३ किलोमिटर स्वास्थ्यकर्मिहरुसंगै हिडेका एमाले सचिव भट्टराईले माईतिघरमा भएको कोण सभालाई सम्बोधन गदैं अन्तराष्ट्रिय स्तरमा ८ मार्च १९११ मा महिला कामदारमाथि भएको श्रम शोषण विरुद्ध आवाज उठाइएको बताउनुभयो । त्यसै दिनको सम्झनामा आज ८ मार्च मनाई रहेको प्रष्ट पार्दै उहाँले नेपालमा सहाना प्रधानले श्रमिक महिलाहरुको पक्षमा आवाज उठाउन...