अर्थ / बाणिज्य

आन्दोलनको कारण हेटौँडाका निजि बैङ्कहरु बन्द

आन्दोलनको कारण हेटौँडाका निजि बैङ्कहरु बन्द

Top News 1, अर्थ / बाणिज्य, राजनीति, समाचार, समाज, स्थानीय
३० फागुन,२०७९ हेटौंडा /बैंकहरुले ब्याजदरमा अकस्मात बृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघद्धारा जारी आन्दोलनको कारण आज हेटौँडाका निजि बैंकहरु बन्द भएका छन् । आन्दोलनमा उत्रिएका व्यवसायीहरुले बंैकलाई बन्द गराएका हुन् । बैंकहरु बन्द भएसंगै सम्पूर्ण कारोबारहरु बन्द भएका छन् । बैंकहरुले ऋण लिएकाहरुलाई थाहा नदिई ब्याजदरमा बृद्धि गरेको कारण मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रमहरु निरन्तर गरिरहेको छ ।...
‘बजेटका आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति’

‘बजेटका आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति’

अर्थ / बाणिज्य
१६ फागुन, काठमाडौं । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा शून्य प्रतिशत प्रगति देखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका बजेटका नीति तथा कार्यक्रमहरुमा सन्तोषजनक प्रगति नभएको देखिएको हो । बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सघाउने उद्देश्यले नेपाल उद्योग परिसंघले सेजनसँगको सहआयोजना र पायोनियर ल एसोसिएट्ससँगको बौद्धिक साझेदारीमा ‘सीएनआई बजेट वाच’ कार्यक्रम सुरू गरेको थियो । त्यसअन्तर्गत परिसंघले आर्थिक विकास, लगानी तथा निजी क्षेत्रसँग सम्बन्धित ६३ बुँदा पहिचान गरेको थियो । सेजनले ती बुँदाको कार्यान्वयन अवस्थाका सम्बन्धमा हालै अध्ययन गरी तयार पारेको वि...
अर्थमा कस्तो रह्यो विष्णु पौडेलको ६४ दिन ?

अर्थमा कस्तो रह्यो विष्णु पौडेलको ६४ दिन ?

अर्थ / बाणिज्य, समाचार
१६ फागुन, काठमाडौं । ११ पुस २०७९ मा तेस्रो पटक अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्ने क्रममा विष्णु पौडेलले भनेका थिए, ‘अर्थतन्त्रमा धेरै ठूला समस्या र संकट छन्, पूर्वाग्रह नराखी सुधारका काम थाल्छु ।’ उदार अर्थमन्त्रीको छवि बनाएका पौडेलमाथि ढुकुटी बचाउन नसक्ने आरोप लाग्ने गरेको थियो । यसपटक सम्हालिएर काम सुरु गरेका पौडेलले अर्थ मन्त्रालयमा ६४ दिन काम गरे । मन्त्रालयका एक अधिकारी भन्छन्, ‘सुधारका दर्जनौं कामको थालनी भएको थियो, कार्यान्वयन गर्ने बेला बिदा हुनुभयो ।’ विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हाल्दै गर्दा मुलुकमा विदेशी मुद्रा सञ्चितिको चाप थियो । त्यसैले विलासिताका वस्तुको आयातमा प्रतिबन्ध लगाइएको थियो । आयात प्रतिबन्धका कारण राजस्व संकलन लक्ष्यभन्दा धेरै कम थियो । चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन रोक्न माग गर्दै निजी क्षेत्र आन्दोलनमा थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्म...