अपराध

अन्तर्राष्ट्रिय विमानस्थलमा क्वीन्टल सुन बरामद

अन्तर्राष्ट्रिय विमानस्थलमा क्वीन्टल सुन बरामद

Top News 1, अपराध, समाचार
४ श्रावण, २०८० काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा झण्डै एक क्वीन्टल किलोभन्दा सुन बरामद गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वनिर्देशक राजेन्द्रसिंह भण्डारीका अनुसार, विमानस्थलको सबै जाँच पार गरेर १०० किलो सुन बाहिरिनुले विमानस्थलभित्रको सबै संयन्त्रमाथि छानबिन आवश्यक रहेको देखाएको छ । मोटरसाइकलको ‘ब्रेक शु’मा लेप लगाएर ल्याएको सुन विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । ढुङ्गानाले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिए । थप अनुसन्धान जारी रहेकाले धेरै कुराहरु खुल्ने पनि उनले बताए ।...
गायक प्रकाश सपूत माथी बोतल प्रहार

गायक प्रकाश सपूत माथी बोतल प्रहार

Top News 1, अपराध, प्रदेश, मनोरञ्जन, समाचार
११ असार २०८०, रोमानियामा आयोजित एक सांगितिक कार्यक्रममा गायक प्रकाश सपूत माथी बोतल प्रहार भएको छ । गायक सपुतलाई गीत गाउँदै गरेको अवस्थामा बिएरको क्यन बोत्तल प्रहार भएको भिडियो आहिले समाजिक संन्जाल मा भाइरल भैरहेको छ । उक्त भिडियो मा गाएक ले प्रस्तुति दिरहेकै बेला दर्शकको भिड बाट बोत्तल प्रहार गरिएको प्रष्ट देखिन्छ । गायक सपूत केही दिन अघि मात्र संगितिक कार्यक्रम को लागि रोमनिया पुगेका थिए । सोही क्रम मा हिजो साझ आयोजित एक कार्यक्रम मा सो घटना घटेको हो । आफू माथी बोत्तल प्रहार हुदा समेत पनि उनी आफ्नो प्रस्तुति राख्न भने पछी हटेनन्। कार्यमा आफ्नो प्रस्तुति सकिए पछि गाएक ली भने फेरि फेरि यतो घटना नदोहिरियोस र न दोर्ह्याउन आग्रह समेत गरे। सधै जोसुकैले म माथी बोत्तल प्रहार गरेको भएपनी उक्ता ब्यती लाई कसैले केही नगरिदिन अनुरोध समेत गरे ।उक्त कार्यक्रम मा गयिका प्रीति आले संगै अरु कलाकर हर...
लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक-गृहमन्त्री श्रेष्ठ

लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक-गृहमन्त्री श्रेष्ठ

Top News 1, अपराध, लागुपर्दाथ, समाचार, समाज, स्वास्थ
११ असार २०८०, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषधको अवैध कारोबार र प्रयोगकर्ता बढ्नु चिन्ताजनक भएको बताएका छन् । सोमबार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विभिन्न तथ्यांकहरुबाट लागुऔषधका प्रयोगकर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागुऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको छ ।’ उनले अगाडि भने, ‘लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको छ । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुन्छ ।’ मन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबै पक्षबाट इमान्दार प्रयासको आवश्यकता औंल्याए ।...
अबैध सुन सहित मकवानपुर बाट एक जना पक्राउ

अबैध सुन सहित मकवानपुर बाट एक जना पक्राउ

अपराध, समाचार, सुनचाँदी
३१,जेठ २०८० मकवानपुरबाट अबैध सुन सहित एकजना पक्राउ परेका छन् । प्रहरीले हेटौँडा १५ रातोमाटेबाट ५४ लाख रुपैँया बराबरको सुन सहित एकजनालाई हेटौँडाबाट पक्राउ परेका हुन । ५६१ दशमलब ३० ग्राम सुन सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका छन् । विहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । प्रदेश २–०३–००१ ख् ०१५९ नम्बरको बसमा सवार उनले जुत्तामा उक्त सुन लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ताले बताए।...
सर्वच्चोले दियो सरकारलाई कारण देखाउ आदेश — रेशम चौधरी

सर्वच्चोले दियो सरकारलाई कारण देखाउ आदेश — रेशम चौधरी

Top News 1, अपराध, राजनीति, समाचार
२४, जेठ २०८० काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका चौधरी कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। टीकापुर घटनाका पीडित शारदा कडायत बोहोराले आममाफी दिने निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो ।  ...
आमाको आत्महत्या प्रयासमा १८ महिने छोराको मृत्यु

आमाको आत्महत्या प्रयासमा १८ महिने छोराको मृत्यु

Top News 1, अपराध, समाचार, समाज, स्थानीय
१८, जेष्ठ २०८० हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ जाँतेमा बस्ने एक महिलाले आत्महत्या प्रयास गरेकि छिन् । उनले आफ्नै दुई नाबालक छोराहरुलाई समेत विष खुवाएर आत्महत्याको प्रयास गरेकी छिन् । बुधबार साँझ स्थानीय बाबुराम वाईवाकी ३६ वर्षीया श्रीमती सोनी पाख्रिनले आफ्नै छोरा ७ वर्षीय अस्किन वाईवा र १८ महिने छोरा जेनिस वाईवासहित प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने विषादी सेवन गरेकी हुन् । जसका कारण नाबालक छोरा जेनिसको बिहिबार बिहान उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनका अनुसार विषादी सेवनबाट गम्भीर बिरामी भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । हेटौँडामा उपचार सम्भव नहुने देखिएपछि गएराति नै उनीहरुलाई चितवन पठाइएको थियो । अहिले सोनी र उनका ७ वर्षीय छोरा अस्किनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार ...
राहुल गान्धीलाई मानहानी मुद्दा,सुनाइयो दुई वर्ष जेल सजाय

राहुल गान्धीलाई मानहानी मुद्दा,सुनाइयो दुई वर्ष जेल सजाय

Top News 3, अन्तर्राष्ट्रिय, अपराध, राजनीति, समाचार
०९ चैत्र,२०७९- राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ । उनि भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य हुन्। भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई उक्त सजाय सुनाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गान्धीले गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए। एउटा भाषणमा ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले दिएका थिए। गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै अदालतमा मुद्दा हालेका थिए। सुरत जिल्ला अदालतले फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको गान्धीलाई समय दिएको छ भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको छ।...
पिडीतलाई मामाले नै दिए ज्यान मार्ने धम्कि

पिडीतलाई मामाले नै दिए ज्यान मार्ने धम्कि

Top News 1, अपराध, शिक्षा, समाचार, समाज
उनि हुन् सुरक्षा थापा जसले दुई दिन अघि मात्र आफ्नो टिकटक अकाउन्ट मार्फत आफ्ना समस्याहरू साझा गरीन् । जुन अहिले एकदम तिव्ररुपले विभिन्न संचार माध्यमहरुमा शेयर भइरहेको छ । थापाले उक्त पोस्ट मार्फत आफूमाथि भईरहेको यौन दुव्र्यवहारको बारेमा खुलाएकी छिन्। ''सबैलाई नमस्ते म (P.U)पोखरा विश्वविद्यालय बाट सुरक्षा थापा हुँ। आज म तपाईहरु संग मेरो समस्याहरु साझा गर्दैछु ताकि तपाईले मेरो पीडा बुझ्नुहुनेछ । १ पहिले मलाई पारिवारिक समस्याहरू धेरै थिए त्यसैले मलाई डिप्रेसन र चिन्ता थियो। त्यसैले मेरो डाक्टरले मलाई शान्त ठाउँमा बस्न सुझाव दिनुभयो त्यसैले मेरी आमाको भाइ र उहाँकी श्रीमतीले मलाई उनीहरूको ठाउँमा बस्न भन्नुभयो र मैले मेरी आमासँग छलफल गरें र अन्तमा मेरी आमा सहमत हुनुभयो किनभने हाम्रो पारिवारिक सम्बन्ध राम्रो थियो तर अचानक मेरो भाइ ९ आमाको भाइको छोराले० ले मलाइ तिम्रो बुब्स धेरै ठुलो छ त्यसैले म...