अन्तर्राष्ट्रिय

मेस्सीको गोलमा इन्टर मियामी बन्यो च्यम्पीयन !

मेस्सीको गोलमा इन्टर मियामी बन्यो च्यम्पीयन !

अन्तर्राष्ट्रिय, खेलकुद, मनोरञ्जन, समाचार
०३, भाद्र २०८० काठमाण्डौ -लिओनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप–२०२३ को उपाधि जितेको छ । फाइनलमा नाशभिल एफसीलाई हराउँदै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो । टाइब्रेकरमा नाशभिल १०–९ गोलले पराजित भयो । निर्धारित समय एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो । २३औँ मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, ५७ औँ मिनेटमा फाफा पिकल्टले गोल गरेपछि खेल बराबरी भएको थियो । त्यसपछि थप गोल नभएपछि खेल सडन डेथसम्म पुग्यो । सन् २०२० मा स्थापित इन्टर मियामीको यो क्लब इतिहासकै पहिलो उपाधि हो । मेस्सी हालै इन्टर मियामीमा आबद्ध भएका थिए । टोलीले अपराजित रहेर उपाधि जित्दा कप्तान मेस्सीले हरेक खेलमा गोल गरेका थिए।...
रवि लामिछाने भोली थाहानगर आउँदै

रवि लामिछाने भोली थाहानगर आउँदै

Top News 1, अन्तर्राष्ट्रिय, प्रदेश, राजनीति, समाचार, समाज, स्थानीय
१५ असार, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने असार १६ गते शनिवार थाहा नगरको बिस्तारित भेलालाई सम्वोद्धन गर्न आउनुहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर जिल्ला सभापति भरत पराजुलिको अनुसार रास्वपाको थाहा नगरपालिका विस्तारित भेलामा लामिछानेले सम्वोद्धन गर्नुहुनेछ । शनिबार नै भेलाबाट थाहा नगर कमिटी समेत घोषणा गर्ने जिल्ला सभापति पराजुलिले बताउनुभयो । भेला थाहा नगरको पालुङ जेसिज हलमा ११ बजेदेखी हुने भएको छ।...
चौतर्फि बिरोध पस्चात हटाइयो विवादित संवाद

चौतर्फि बिरोध पस्चात हटाइयो विवादित संवाद

Top News 1, अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार
आज बाट प्रर्दशन मा आएको दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपालमा प्रदर्शन अनुमति दिएको हो । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद को चौतर्फि बिरोध पस्चात आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाए पस्चात बोर्डले अनुमति दिएको हो । सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज पक्का भएको हो। तर, काठमाडौं महानगरका मेयर बालेन शाहले भने व्यक्तिगत फेसबुक स्टाटसमा भने अनुरुप उक्त बिबादित संवाद नेपालमा मात्र नभई भारतमा समेत नहटाए सम्म उक्त चलचित्रलाई काठमाडौं महानगरमा प्रदर्शन अनुमतिमा रोक लगाएका छन् बालेनको सचिवालयले पनि आफू...
राहुल गान्धीलाई मानहानी मुद्दा,सुनाइयो दुई वर्ष जेल सजाय

राहुल गान्धीलाई मानहानी मुद्दा,सुनाइयो दुई वर्ष जेल सजाय

Top News 3, अन्तर्राष्ट्रिय, अपराध, राजनीति, समाचार
०९ चैत्र,२०७९- राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ । उनि भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य हुन्। भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई उक्त सजाय सुनाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गान्धीले गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए। एउटा भाषणमा ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले दिएका थिए। गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै अदालतमा मुद्दा हालेका थिए। सुरत जिल्ला अदालतले फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको गान्धीलाई समय दिएको छ भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको छ।...