मास्कोट जर्निका संचालक अरुण मोक्तान यातायात व्यवसायी संघको सचिबमा निर्वाचित

काठमाण्डौ/ मास्कोट जर्नी प्रा.लि. काठमाण्डौका संचालक अरुण मोक्तान पर्यटक यातायात व्यवसायी संघको २० औ साधारण सभाबाट सचिब पदमा विजयी भएका छन ।
संघको मङ्गलबार भएको निर्वाचनमा मोक्तानले बेदराज बाँस्तोला समुहबाट सचिब पदमा उमेदवारी दिएका थिए । निर्वाचनमा बास्तोला प्यानल नै विजयी भएका छन् । संघको नवनिर्वाचित पदाधिकारिहरुमा अध्यक्षमा बेदराज बास्तोला, बरिस्ठ उपाध्यक्षमा रमेश गौतम ,  द्वितीय उपाध्यक्षमा विनोद तमाङ्ग, महासचिवमा केदानाथ कट्टेल, सचिवमा अरुण मोक्तान र कोषाध्यक्षमा रामकुमार बस्नेत निर्वाचित भएका छन ।

त्यसैगरी नमराज अर्याल, राम आचार्य, टेकबहादुर पुन र नकुल तिमल्सिनाले साेही प्यानलबाट सदस्य पदमा चुनिएका छन ।

साधारण सभा भने भदाै २२ गते सम्पन्न हुने संघले जनाएको छ।

निर्वाचित कार्यसमिति:




कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *