मकवानपुर ब्याडमिन्टन संघमा थाहाको नेतृत्व, सदस्यमा यादव रायमाझी चयन

हेटौडा/ फरक सोच अभियानका संयोजक यादबजंग रायमाझी मकवानपुर जिल्ला व्याडमिन्टन संघको जिल्ला सदस्य पदमा चयन भएका छन् ।
रायमाझी हेटौँडामा शनिबार भएको संघको कार्यक्रमबाट सदस्य पदमा चयन भएका हुन् । कार्यक्रमबाट ध्रुवप्रसाद घिमिरेको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा विजय सिंह ठकुरी, उपाध्यक्षमा माधवी बोस, सुरेन्द्र प्रधान र देवबहादुर घिमिरे, सचिवमा प्रल्हाद उप्रेती, कोषाध्यक्षमा बिरु गुरुङ र सह–कोषाध्यक्षमा सगुन स्याङ्तान चयन हुनुभएको छ । यस्तै सदस्यमा केवलराज बानियाँ, सन्तोष कुमार क्षेत्री, दीपक सिंह बुढाथोकी, यादवजङ्ग रायमाझी, भुवन थापा, कुमार गोले, विक्रम सिं लामा, जीवन ठकुरी, नरेन्द्र मोक्तान, नवराज राई, रमेश रेग्मी र गुणबहादुर घलान चयन हुनुभएको छ । संघका सल्लाहकार हीरालाल श्रेष्ठको अध्यक्षतामा भेला भएको हो ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *