नेपाल पर्यटक यातायात व्यवसायी संघको अध्यक्षमा बास्तोलाको उमेदवारी

काठमाडौँ । नेपाल पर्यटक यातायात व्यवसायी संघको २० औ साधारण सभा भदौ १९ मा हुदैछ ।संघको सभाबाट केन्द्रीय कार्यसमितिकाे आसन्न चुनाव हुने भएको छ । चुनाबमा बेदराज बाँस्तोला नेतृत्वको प्यानल सार्वजनिक गरिएको छ ।
काठमाडौँमा शनिबार घोषणा गरिएको बाँस्तोला प्यानललाई पूर्व अध्यक्षद्वय रामशरण कार्की र साङ्गे लामा तथा पूर्व प्रथम उपाध्यक्षत्रय सुनिल श्रेष्ठ, राजकुमार लामा र भिम गोलेको समर्थन रहेको छ ।
साधारण सभाबाट चुनिने नेतृत्वका लागि बाँस्तोला प्यानलबाट प्रथम उपाध्यक्षमा रमेश गौतम, द्वितीय उपाध्यक्षमा विनोद तमाङ्ग, महासचिवमा केदानाथ कट्टेल, सचिवमा तेज लामा र कोषाध्यक्षमा रामकुमार बस्नेत मैदानमा उत्रिएका छन् ।

त्यसैगरी नमराज अर्याल, राम आचार्य, टेकबहादुर पुन र नकुल तिमल्सिनाले साेही प्यानलबाट सदस्य पदमा दाबेदारी पेश गरेका छन् ।

संघकाे नयाँ नेतृत्वका लागि यही भदाै १९ गते चुनावकाे कार्यक्रम तय गरिएकाे छ । संघकाे साधारण सभा भने भदाै २२ गते सम्पन्न गरिने छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *