गणेश विष्टको फोटोग्राफि यात्रा “तस्विरमा बालबालिका”मा विष्टको फोटो प्रदर्शनी

सानोबाबु मुक्तान

०२, भाद्र २०८०

बालबालिकाहरुमा खुशीयाली ल्याउने उद्देश्य सहित आज काठमाण्डौको वसन्तपुरमा “तस्वीरमा बालबालबालिका” नामक एक कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रीय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजना तथा सिविन नेपालको सहयोगमा कार्यक्रमको आयोजना भएको हो ।
१८४ औं विश्व फोटोग्राफि दिवसको अवसरमा आयोजित  कार्यक्रममा उत्तरी मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ का फोटो पत्रकार गणेश विष्ट सहित २५ जना फोटो पत्रकारहरुले  खिचेको ६० भन्दा बढि भिन्न भिन्न बालबालिकाका विविध क्रीयाकलाप समेटिएका तस्वीरहरु समावेश गरिएको थियो । विष्ट थाहा नगरका फोटो पत्रकार हुन उनले कैद गरेका तस्विरको चर्चा दिनानुदिन बढ्दो छ । यसअघि पनि थाहा नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फरक सोच समुहको आयोजनामा वसन्तपुरमै गरिएको फोटो प्रदर्शनी कार्यक्रममा विष्टलेनै कैद गरेका तस्विरहरु  प्रदर्शनीमा राखिएको थियो । सानै उमेरदेखी फोटो खिच्न रहर लाग्ने भएकोले हाल आफ्नो लगाब यसैमा रहेको विष्ट बताउछन् । आजको कार्यक्रमबाट भने अन्य पत्रकारहरुले कैद गरेका तस्विरहरु देख्दा झनै हौसला मिलेको विष्टले बताए । उनैको फोटोको कारण हाल थाहा नगरपालिकामा विभिन्न स्थानहरुबाट पर्यटकहरु समेत आउन थालेका छन् । गत साता मात्रै थाहा नगरमा हेटौडाबाट 100  भन्दा बढीले थाहानगर भ्रमण गरेका थिए । त्यस्तै आजको कार्यक्रममा पनि विष्टले कैद गरेका तस्विरसमेत समावेश गरिएको थियो ।
सामान्यत काठमाण्डौको वसन्तपुरमा बालबालिकाहरू बढी जसो घुम्न र खेल्न आउने भएकोले वसन्तपुरमा कार्यक्रमको आयोजना  गरिएको आयोजकले जनाएको छ । कार्यक्रमा प्रदर्शनिमा राखिएका तस्वीरहरुमा विभिन्न जिल्लाका बालबालिकाहरुको क्रियाकलापहरू समेटिएका थिए ।
प्रदर्शनीमा राखिएका तस्वीरहरु

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *