थाहा नगरमा टिकटक प्रतियोगिता हुने, (स्ववियु)पालुङ बहुमुखी क्याम्पस आयोजक

२०८०, श्रावण ३०
स्वतन्त्र विद्यार्थि युनियन पालुङ बहुमुखी क्याम्पसको क्याम्पसले थाहा नगरमै पहिलो पटक टिकटक प्रतियोगिता गर्ने भएको छ । शैक्षिक सत्र २०८०/८१ का लागि मानविकी र व्यवस्थापन संकायको भर्ना खुलेको विज्ञापनको विषयलाई टिकटकमा उतार्ने र टिकटकको माध्यमबाट पनि भर्ना सुचनालाई अझ प्रचार गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको क्याम्पस प्रमूख राजन मिश्रले बताउनुभयो । प्रतियोगितामा टिकटक बनाउन सक्ने जोकोहिले सहभागि जनाउन पाउने छन् भने प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश ५ हजार ३ हजार र २ हजार पुरस्कार प्राप्त गर्ने स्ववियु सभापति पुष्कल श्रेष्ठले जानकारी दिनुभयो । यहि भाद्र २० गतेसम्म टिकटक निर्माण गरिसक्नुपर्ने र टिकटक निर्माणका लागि विभिन्न नियमहरु निर्धारण गरिएको छ । टिकटक प्रतियोगिताको प्रचार सामाग्रिको व्यानर आज सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् प्रचार व्यानर

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *