चलचित्र ‘जय हो’ को पोष्टर काठमाण्डौमा नटाँसिने !

आगामी भाद्र ८ गते अर्थात अगस्ट २५ मा देश तथा विदेशमा एकै साथ प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘जय हो’ ले काठमाडौँमा फिल्मको पोष्टर नटास्ने भएको छ । काठमाडौँ सुन्दर बनाउने अभियानमा साथ दिन चलचित्रको पोष्टर नटास्ने निर्णय गरिएको निर्माता शोभित बस्नेतले बताउनुभयो। बस्नेतले आफ्नो मात्र नभएर कुनैपनि फिल्मका पोष्टर नटास्न अनुरोध समेत गर्नुभएको छ ।

‘टेक पौरखी राईद्वारा निर्देशित चलचित्रमा केकी अधिकारी र सलोन बस्नेतका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । निर्देशक तथा निर्माता शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन समीर मियाँको भीएफएक्स र सन्देश शाहको ट्रेलर रहेको छ ।

चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहेको छ । चलचित्रका निर्माता राज के अधिकारी र सुरज ल्वागन सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *