शितल पाण्डे (भगवती) विरुद्ध पक्राउ पुर्जी जारि

 २०८०, श्रावण १२

अधिवक्ता शीतल पाण्डे (भगवती)विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
पाण्डेविरूद्ध तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेकोले आज पक्राउ पुर्जी जारी गरिएको हो ।
पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने र त्यसैको कारण उनिहरु अपराधिक घटनामा सम्लग्न हुने गरेको र विज्ञानको हिसाबले समेत यो गलत रहेको बताएकी थिइन् ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *