थाहामा विद्युतीय चार्जिङ्ग स्टेशनका लागि पहल, तत्काल कार्य सुरु गरिने

२०८०, श्रावण १२
बिहिबार
थाहा नगरपालिकाका विभिन्न स्थानहरुमा विद्युतीय सवारी चार्जिङ्ग स्टेशन निर्माणका लागि पहल गरिएको छ ।आज (बिहिबार) नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिका अध्यक्ष विनोद लामाले नेपाल विद्युत प्राधिकरण पालुङ्ग वितरण केन्द्रका प्रमुख विरमान रासकोटीसङ्ग औपचारिक भेट गर्दै विद्युतिय सवारि चार्जिङ्ग स्टेशन निर्माणको लागि पहल गर्नुभएको हो । स्टेशनको लागि गरिएको पहल समयअनुरुप भएको बताउँदै प्राधिकरण प्रमुख रासकोटिले सम्बन्धित अधिकारिलाई तुरुन्तै फोन सम्पर्क गरि स्टेशन निर्माणका लागि औपचारिक विवरण समेत जानकारी लिनुभएको छ । अधिकारिका अनुसार पालुङ्ग वितरण केन्द्रलाइ आवश्यक कागजातका साथ अगाडि बढ्न भनिएको छ । मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने थाहा नगरपालिका पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो । हाल विभिन्न स्थानहरुबाट पर्यटकहरु थाहामा भित्रीने क्रम रहेको छ । थाहामा चार्जिङ्ग स्टेशन निर्माण भएमा विद्युतीय सवारी लिएर ढुक्कले पर्यटक थाहामा आउन सक्छन् ।
कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *