रवि लामिछाने भोली थाहानगर आउँदै

१५ असार, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने असार १६ गते शनिवार थाहा नगरको बिस्तारित भेलालाई सम्वोद्धन गर्न आउनुहुने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर जिल्ला सभापति भरत पराजुलिको अनुसार रास्वपाको थाहा नगरपालिका विस्तारित भेलामा लामिछानेले सम्वोद्धन गर्नुहुनेछ । शनिबार नै भेलाबाट थाहा नगर कमिटी समेत घोषणा गर्ने जिल्ला सभापति पराजुलिले बताउनुभयो ।

भेला थाहा नगरको पालुङ जेसिज हलमा ११ बजेदेखी हुने भएको छ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *