नेपालको पहिलो जित-आइसीसी क्रिकेट

६ असार २०८० ,काठमाडौं । आइसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।
नेपालको जितमा भीम सार्कीले सर्बाधिक अविजित ७७ रन बनाएका थिए भने कुशल भुर्तेलले ३९ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ र आसिफ सेखले १२ रन बनाएका थिए । अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछाएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
जिम्बाबेसँग पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा जित हात पारेको छ । त्यस्तै अमेरिकाले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । अमेरिकाले पहिलो खेलमा वेस्टइण्डिजसँग पराजित भएको थियो

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *