सातौँ एसियन गोजुरियो कराँतेमा थाहालाई ५ स्वर्ण सहित ९ पदक

काठमाण्डौ/सातौँ एसियन एजिकेएफ कराँते प्रतियोगितामा नेपाल गोजुरियो कराँते दो संघ शाखा दोजो थाहाले ५ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेका छन् । नेपाल गोजुरियो कराँते दो संघको आयोजनामा काठमाण्डौको दशरथ रंगशालामा गत जेष्ठ ३२ देखि सुरु भएको प्रतियोगिताको फाईनल आज सम्पन्न भएको हो । प्रतियोगितामा शाखा दोजो थाहाकी रिवु केसी (–४५ केजि तौल समूह), विनिता खत्री (+४५ केजि तौल समूह), मल्लिका खत्री (–५५ केजि तौल समूह), सुमन घिमिरे (–६० केजि तौल समूह) र विकास भ्लोनले (–६५ केजि तौल समूह) बाट स्वर्ण पदक प्राप्त गरेका छन् । त्यस्तै सन्तराम अधिकारि (–६० केजि तौल समूह), र सञ्जिता गोलेले (–४० केजि तौल समूह)बाट रजत पदक हात पारे भने सुशान्त दोङ    (–४० केजि तौल समूह) र प्रमिला थोकरले (–५० केजि तौल समूह)बाट कास्य पदक प्राप्त गरेको शाखा दोजो थाहाका प्रशिक्षक मानसिं दोङले बताउनु भयो ।
कराँतेलाई थाहा नगरमा निरन्तर रुपमा सञ्चालन गर्दै आईरहेको शाखा दोजो थाहाले यस अघि पनि विभिन्न प्रतियोगितामा पदक तथा उपलब्धिहरु हासिल गरिसकेका छन् । थाहा नगर तथा विभिन्न सामाजिक संघ संस्थाहरुले समेत कराँते क्रियाशिलतालाई जोड दिईरहेको सन्दर्भमा यस पटक प्रतियोगिता अवधिभर सम्पूर्ण खेलाडिहरुको आवास तथा खानाको व्यवस्था मजदुरहरुको हक, हितको संरक्षण गर्ने मूल उद्धेश्यका साथ स्थापित नेपाल थाहा मजदुर संघले गरेको छ । खेलाडिहरुलाई थप प्रोत्साहनमा संघले निरन्तर सहयोग गरिरहने संघका अध्यक्ष राजु खत्रीले बताउनुभयो ।

प्रतियोगितामा यस पटक थाहाबाट जम्मा १५ जना खेलाडिले सहभागिता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *