भीमफेदीका ९ वर्षिय बालकको उपचारका लागि सहयोग अपिल, सहयोग गरिदिन परिवारको आग्रह

०२, असार २०८०

मकवानपुर/भिमफेदी गाउँपालिका वडा नम्बर १ किसेडी मच्छेबास निवासी ९ वर्षिय सुशील पाख्रीनको उपचारको लागि आर्थिक सहयोग अपिल गरिएको छ ।  झलक बहादुर पाख्रीन र ईबक माया पाख्रीनका कान्छा छोरा सुशीलको स्वास्थ अवस्था असाध्यै नाजुक भएपछि उपचारको लागि हिजो भरतपुर अस्पताल लगिएको थियो । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण सुशिलका बुबा र आमाले भिमफेदि गाउपालिका वडा नम्बर १ बाट निर्वाचित वडा सदस्य तथा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुमीत्रा थिङ्ग (सुमिरा) सङ्ग उपचारका लागि आग्रह गरेका थिए ।
आग्रह सङ्गै जनप्रतिनिधि थिङले सुशिलको उपचारको लागि आफ्नो फेसबुक आइडीमार्फत सुशिलको उपचारका लागि खर्च जुटाउन आर्थिक सहयोग अपिल गर्नुभएको छ । अस्पतालको अनुसार सुशिलको मुटु, कलेजो र किड्निमा समस्या देखिएको छ भने शरिरमा आवश्यक रगतको समेत कमि देखिएको छ ।
सुशिलका बुबा र आमा छोराको उपचार गराउन पाए छोरालाइ बचाउन सकिन्छ कि भन्ने आशामा  छन् । उपचारको लागि आवश्यक रकम संकलन भैरहेकोले प्रतिनिधी थिङ्गले आफ्नो मोबाइल नम्बर र  बैंक खाता नम्बर समेत फेसबुकमा सार्वजनिक गर्नुभएको छ ।
सहयोग गर्न इच्छुकले उक्त नम्बरमा सम्पर्क गरी सहयोग गर्न सकिनेछ ।
SUMITRA THING
Agricultural Development Bank Ltd.
A/C No: 0508500279496017
Ph-9845781734

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *