चौतर्फि बिरोध पस्चात हटाइयो विवादित संवाद

आज बाट प्रर्दशन मा आएको दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपालमा प्रदर्शन अनुमति दिएको हो । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका हुन् ।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद को चौतर्फि बिरोध पस्चात आपत्ति जनाउँदै बिहीवार अपरान्ह बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाए पस्चात बोर्डले अनुमति दिएको हो ।

सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ शुक्रबार नेपालमा रिलिज पक्का भएको हो। तर, काठमाडौं महानगरका मेयर बालेन शाहले भने व्यक्तिगत फेसबुक स्टाटसमा भने अनुरुप उक्त बिबादित संवाद नेपालमा मात्र नभई भारतमा समेत नहटाए सम्म उक्त चलचित्रलाई काठमाडौं महानगरमा प्रदर्शन अनुमतिमा रोक लगाएका छन् बालेनको सचिवालयले पनि आफूहरुले तीन दिन प्रतीक्षा गर्ने तर उक्त वाक्य हटाएर माफी नमागेसम्म काठमाडौंमा कुनैपनि हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने र सबै हललाई यसबारे पत्राचार गरिने उल्लेख गरेको छ ।
प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *