थाहामा बसपार्क सञ्चालन गरीने

३१,जेठ २०८०

मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेको छ ।

सोमबार सम्पन्न भएको कार्यपालिकाको बैठकको निर्णयका अनुसार थाहा नगरपालिका– ४ मा निर्माणधीन बसपार्क सञ्चालन हुने बताइएको छ ।

कार्यविधिअनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने गरी नगरप्रमुखले सिफारिस गरेका व्यक्तिको अध्यक्षतामा सात सदस्यीय समिति गठन हुने निर्णय गरेको छ ।

समितिमा एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । समितिका सदस्यमा नगरप्रमुख, यातायात व्यवसायीमध्येबाट एक, उद्योग वाणिज्य संघको तर्फबाट एक र उपभोक्ताबाट एक जना रहने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *