अबैध सुन सहित मकवानपुर बाट एक जना पक्राउ

३१,जेठ २०८०

मकवानपुरबाट अबैध सुन सहित एकजना पक्राउ परेका छन् । प्रहरीले हेटौँडा १५ रातोमाटेबाट ५४ लाख रुपैँया बराबरको सुन सहित एकजनालाई हेटौँडाबाट पक्राउ परेका हुन । ५६१ दशमलब ३० ग्राम सुन सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका छन् । विहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । प्रदेश २–०३–००१ ख् ०१५९ नम्बरको बसमा सवार उनले जुत्तामा उक्त सुन लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ताले बताए।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *