सर्वच्चोले दियो सरकारलाई कारण देखाउ आदेश — रेशम चौधरी

२४, जेठ २०८०

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश गरेको हो । उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका चौधरी कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए।
टीकापुर घटनाका पीडित शारदा कडायत बोहोराले आममाफी दिने निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश गरेको हो ।

 

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *