सर्वोच्चद्धारा नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

२१ जेठ २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
विधेयक विरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरे पश्चात

आइतबार न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिँदै अन्तरिम आदेश दिने किन नदिने भनी दुवै पक्षलाई छलफलका लागि झिकाएको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *