अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार

१८, जेठ २०८०
नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राख्दै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि बुधबार सुनको मूल्य तोलाको एक लाख १२ हजार रुपैयाँ पुगेको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *