आमाको आत्महत्या प्रयासमा १८ महिने छोराको मृत्यु

१८, जेष्ठ २०८०
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ जाँतेमा बस्ने एक महिलाले आत्महत्या प्रयास गरेकि छिन् । उनले आफ्नै दुई नाबालक छोराहरुलाई समेत विष खुवाएर आत्महत्याको प्रयास गरेकी छिन् ।
बुधबार साँझ स्थानीय बाबुराम वाईवाकी ३६ वर्षीया श्रीमती सोनी पाख्रिनले आफ्नै छोरा ७ वर्षीय अस्किन वाईवा र १८ महिने छोरा जेनिस वाईवासहित प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने विषादी सेवन गरेकी हुन् ।
जसका कारण नाबालक छोरा जेनिसको बिहिबार बिहान उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनका अनुसार विषादी सेवनबाट गम्भीर बिरामी भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । हेटौँडामा उपचार सम्भव नहुने देखिएपछि गएराति नै उनीहरुलाई चितवन पठाइएको थियो । अहिले सोनी र उनका ७ वर्षीय छोरा अस्किनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

विष सेवन गर्नुको कारण नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *