उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड देवेन्द्र कुवँरलाई

काठमाण्डौ
१० वैशाख, २०८०
विमन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्धारा आयोजित “तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९” मा मायाले चलेन संसार बोलको गितबाट उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड निर्देशक देवेन्द्र कुवँरले प्राप्त गरेका छन् ।
शनिबार एल्लो प्यागोडा होटेल कान्तिपथ, जमल काठमाण्डौमा सम्पन्न कार्यक्रममा निर्देशक कुवँरलाई अवार्ड प्रदान गरिएको छ । उक्त अवार्डका लागि टप फाइभ नोमिनेशन रहेको थियो । नोमिनेसनमा परेका अन्य ४ वटा गीतलाई पछि पार्दै निर्देशक कुवँरले अवार्ड हात पारेका हुन् । गीतमा कृष्ण सताब्दीको शब्द, सागर भण्डारीको संगीत तथा कुशल वेलवासेको आवाज रहेको छ । गीतको भिडियोमा कलाकार सारिका के.सी., भिम खड्का र पारस थापा क्षेत्रीको अभिनय रहेको छ । भिडीयोमा साहुको ऋण समयमा तिर्न नसक्दा आफ्नो परिवारलाई छोडेर परदेशिनुको पिडा यथार्थपरक पीडा समेटिएको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *