म हुँ चप्पल: सुरेश कार्की

कबिता
चप्पल

म हुँ चप्पल#
कैयौं का टुक्रे्को मन,
निचोरियको आत्मा
थकित नयन ,स्थिर मस्तिष्क
लक्ष्य बिहिन मान्छेको तौल बोकेर
यो पीडित सहरमा युगौ देखी निरन्तर
हिडिरहेको छु

कैयौं पोका अबिर र
सैयौ थुंङ्गा फुलले सजिएको
अनुहार र गर्धन घमण्ड के भरिएको
एउटा सिर मैले बोकेको हुँ
अनि लगाउन खोज्दा एउटा कमिज को
पहिलो टाँक बिग्रेपछि को सबै बिग्रे जस्तै
लथालिङ्ग जिन्दगी पनि

सफलताको उचाई देखी
असफलताका गहिराई सम्म
हरेक पथ हरुमा साथमा
मा साथ मिलाउने
मै त हुँ

एउटा जिन्दगी उभिन थालेपछि
नढलुन जेल सम्मको यात्रा ।
अनबरत अविरल रुपमा
बोक्ने चप्पल मै हुँ
तर मैले बुढो हुँदा पाउदिन
न्याय फ्यालिनु पर्छ सडकमा
किन कि म चप्पल हुँ
थोत्रो चप्पल !!

suresh karki nisad
थाहा नगरबासी दामन मकवानपुर
हाल जापान टोकियो


कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *