क्षयरोगबाटअकालमा ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री

१० चैत्र २०७९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज परेको विश्व क्षयरोग दिवसको अवसरमा क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कामना गरेका छन्।

विश्व क्षयरोग दिवसको अवसरमा शुभकामना सन्देश दिंदै आज उनले उपचाररत क्षयरोगीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्, प्रधानमन्त्रीले कामना गदै ‘भविष्यमा यस रोगबाट कसैको पनि अकालमा मृत्यु नहोस् भने। विगतमा क्षयरोगबाट ज्यान गुमाएका परिवारमा पनि उनले समवेदना प्रकट गरेका छन्।

नेपाल सरकारको तर्फबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षयरोग अन्त्यका लागि गरिएका प्रतिबद्धतालाई पूरा गर्ने पनि प्रधानमन्त्री प्रचण्डले विश्व क्षयरोग दिवसको अवसरमा जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *