मेसीले गरे ८०० गोल पुरा, पानामा २-० ले पराजित

 

१० चैत २०७९, शुक्रबार
विश्व विजेता अर्जेन्टिनाले विश्वकपपछिको पहिलो मैत्रीपुर्ण खेलमा शुक्रबार बिहान पानमालाई २–० ले पराजित गरेको छ ।
गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो ।
घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र युवा खेलाडी थिएगो अल्मडाले गोल गरेका थिए । ७८औं मिनेटमा अल्मडाले गोल गर्दै अग्रता दिलारे त्यस्तै मेसीले ८९औं मिनेटमा उत्कृष्ट फ्रीकिकबाट गोल गरेका थिए ।
यो सङ्गै मेसिले आफ्नो करिएरको ८०० गोल पुरागरी नया किर्तिमान कायम गरेका छन ।
अर्गेन्टिनाका लागि भने मेसीको यो ९९औं गोल हो । उनले क्लब स्तरीय खेलहरुमा कूल ७०१ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि ६७२ र पेरिस सेन्ट जर्मेनका लागि २९ गोल गरेका छन् । अर्जेन्टिनाका लागि एक सय गोल पूरा गर्नबाट मेसी एक गोलले टाढा छन् । अर्जेन्टिनाले अर्को खेल आउने मंगलबार कुराकाओसँग खेल्नेछ ।
करियरमा ८०० गोल पूरा गर्ने मेसि दोस्रो खेलाडी बनेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ८३० गोल गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *