राहुल गान्धीलाई मानहानी मुद्दा,सुनाइयो दुई वर्ष जेल सजाय

०९ चैत्र,२०७९- राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ । उनि भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य हुन्।

भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई उक्त सजाय सुनाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गान्धीले गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए।

एउटा भाषणमा ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले दिएका थिए।

गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै अदालतमा मुद्दा हालेका थिए।

सुरत जिल्ला अदालतले फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको गान्धीलाई समय दिएको छ भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको छ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *