खाडिको मरुभुमी सुन जस्तै लाग्छ: मोहन समशेर थिङ

०९ चैत्र,२०७९

खाडिको मरुभूमि सून जस्तै लाग्छ
सिधै लाग्ने चर्को घाम जून जस्तै लाग्छ

कसलाई के भन्नू यस्तै छ संसारको रीत
ककाकुल भै जल पिउदा नून जस्तै लाग्छ

थाहा छैन रात के हो,अनि रङक दिनको
अविरल बग्ने पसिना खून जस्तै लाग्छ

क्रान्ति गर्छु जहिले पनि मौसमको चुनौतीलाई
यतापाखा पहिर्याउने भेष ऊनजस्तै लाग्छ

मोहन समशेर थिङ 

थाहा नगरपालिका वडा नम्बर- ७ मकवानपुर

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *