बाँच्ने आशामा मिडियामा दुई पूर्वजनमुक्ति सेना , अभियान सञ्चालन गर्दै सहकर्मी एस.पि.रेग्मि

सानोबाबु मुक्तान
थाहानगर
०६ चैत्र,२०७९
जीवन अमूल्य छ त्यसैले प्यारो छ । संसारमा जन्म लिएका जो कोहिलाई पनि मर्न रहर हुँदैन र बाँच्न पाउने सबैको अधिकार हो । जीवनमा मानिसले विभिन्न उतारचढाबको सामाना गर्नुपर्छ । त्यस्तै विरगञ्ज घर भएका वर्ष ३५ का जनम विक्रम साह अहिले जीवन बाँच्नका लागि संघर्ष गरिरहेका छन् । विरगन्जमा पान पसल गरिरहेका साहको अहिले दुवै मृगौला फेल भएको डाक्टरले बताएका छन् । दुवै मृगौला फेल भएपनि अझै आफू बाँच्छुकी भन्ने आशामा साह बसिरहेका छन् । मृगौला फेल भएपछि श्रीमतिले अर्कैसंग विवाह गरेकोे र हाल उनिसंग ७ वर्षिय छोरी र उनलाई जन्म दिने आमा मात्रै घरमा रहेको उनले बताए । उनको बुबाको हालसालै मात्रै मृत्यु भयो । मृत्यु अगाव उनको बुबाले आफ्नो मृगौला छोरालाई दिने निधो गरेका थिए । तर बुबाको त्यो सपना पुरा हुन सकेन बुबाको मृत्यु भएपछि साह अहिले बाँकी उपचार कसरी गर्ने भनेर अलमल्लमा परेका छन् । उपचारको लागि मासिक करिब २०/२५ हजार लाग्ने गरेको छ । साहको अहिले डाईलोसिस तथा प्रक्रियागत विविध उपचार भईरहेको छ । सम्भव रहे प्रत्यारोपन नै गर्ने आशामा पनि साह रहेका छन् । उनि पूर्व जनमुक्ति सेना पनि हुन् ।


त्यस्तै धनुकुटा सिरुबारी वर्ष ४० का सुजन भण्डारीको पनि कथा उहि छ । कलेजोमा ट्युमर देखिएपछि उनको पनि जीवन सोचेभन्दा धेरै कष्टकर बन्न पुगकोे छ । भण्डारी पनि पूर्व जनमुक्ति सेना नै हुन् । पारिवारिक आर्थिक स्रोत एकदमै कमजोर रहेको कारण उनले हुन सक्ने सम्भावनाका थप उपचारहरु समेत गर्न सकेका छैनन् । महंगो औषधि र उपचारको महंगो विधिले अब उनलाई पनि निकै गालिसकेको छ । भण्डारीका स्वास्थ्य जीवनमा अब यदि पैसा हुँदैन भने उनको पनि बाँकी जीवन निश्चित नभएकोले उनको परिवार निकै चिन्तित छन् । यस्तै व्यथाहरुको विच थोरै भएपनि ति व्यथाहरुमा मलम लगाउने प्रयास स्वरुप हाल जिल्ला झापा, दमक नगरपालिका वडा नं. ३ निवासि वर्ष ४० का सुरेन्द्र रेग्मि (सिदार्थ)/एस.पि. रेग्मिले दुवै जनाको लागि आर्थिक अभियान सञ्चालन गरिरहेका छन् ।

रेग्मिले यस भन्दा अगाडि पनि धेरैलाई यस्तै अभियान मार्फत सहयोग गरिसकेको विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशित छन् । सोहि अनुरुप विरगन्जका जनम साह र सिरुबारीका सु्जन भण्डारीको लागि पनि विभिन्न स्थानहरुबाट सहयोग संकलन भईरहेको रेग्मिले बताए । रेग्मिले संकलित रकमको विवरण फेसबुक मार्फत सार्वजनिक गरिरहेका छन् । रेग्मिका अनुसार संकलित रकम पिडितलाई उपलब्ध गराई सहयोग गरिनेछ । हुनत रेग्मिीले यस्तै अभियान मार्फत पिडित जनम साहको लागि केहि समय यता पनि सहयोग रकम प्रदान गरिसकेका छन् । यसै विच अहिले दुवैजना पिडितका लागि रेग्मिले पुनः सम्पूर्णमा सहयोगको अपिल गरेका छन् । पिडितलाई सहयोग गर्न चाहनुहुनेहरुका लागि सम्पर्क नं. ९८२७९०१३१३ खुला रहेको र यथासक्य सहयोग गर्न सम्पूर्णमा रेग्मिले अपिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *