हालसम्मकै उच्च मूल्य, सुनको प्रतितोला कति

काठमाडौं,५ चैत । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ ।
सुनको मूल्यलले अहिले सम्मकै उच्च रेकर्ड बनाएकोे महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।
आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको भाउ बढेको हो । गत शुक्रबार सुनको खरिद बिक्री प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा भएको थियो ।

मुल्य एक लाख ७ हजार ५ सय रुपैयाँमा यसअघि माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *