विध्यार्थिको हौसलामा थप गराउन, कैलाश-२ का अध्यक्ष घिसिङ्गद्वारा पुरस्कार घोषणा,

५ फागुन २०७९
मकवानपुर कैलाश गाउपालिका वडा नम्वर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ्गले चैत्र १७ गते हुन गैरहेको एस.इ.इ परीक्षामा समावेश हुने आफ्नो पालिकाका विध्यार्थीको हौसला बढाउन पुरस्कार घोषणा गर्नुभएको छ । उहाँले आफ्नो फेसबुक आइडी मार्फत पालिकामा सर्वोत्कृष्ट नम्बर प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रालाइ आफ्नो एक महिनाको  सेवासुविधा वापतको सम्पुर्ण रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो।
आफ्नो आइडिमा पोष्ट गर्दै उहाँले “यहि चैत्र १७ गते बाट हुन गइरहेको SEE परिक्षामा कैलाश गा.पा.कै सर्वोत्कृष्ट अंक ल्याई उतिर्ण हुने छात्रा-१ र छात्र -१ लाई मेरो वडाध्यक्ष पदको १ महिनाको सेवासुबिधा बापत आउने रकम प्रोत्साहन स्वरुप पुरस्कार दिने घोषणा गरेको छु!स्कुले विद्यार्थी जीवनको अन्तिम परीक्षा(चल्तिमा फलामे ढोका)को रुपमा लिईने यस परिक्षाको विशेष महत्व रहन्छ सम्पूर्ण विद्यार्थी भाइ बहिनिहरुमा उच्च अंकको साथ उतिर्ण हुन हार्दिक शुभकामना ब्यक्त गर्दछु! समाज र देश रुपान्तरणको भोलिको सम्बाहक तथा कर्णधारको रुपमा रहेको विद्यार्थी भाईबहिनिहरुलाई स्वच्छ प्रतिस्पर्धा गर्ने भावनाको बिकास सं-संगै अध्ययनमा थप उर्जा मिलोस भन्ने अभिप्रायले मैले यो सानो सादभाव स्वरुप पुरस्कार ब्यबस्था गरेको हुँ!सम्पूर्ण भाईबहिनिहरुमा उज्ज्वल भविष्यको कामना सहित शैक्षिक सफलताको लागि फेरि पनि शुभकामना !” भनी आफ्नो घोषणा सार्वजनिक गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *