थाहाका कवि तथा समालोचक विर्खे अन्जानको चौँथो कृति ‘कठघरामा देश’ विमोचन हुँदै

२ चैत्र, २०७९
उत्तरी मकवानपुर थाहागरपालिका कवि, लक्ष्मण बर्तौला बिर्खे अञ्जानको चौँथो कृति कठघरामा देश मुक्तक संङ्ग्रह चैत ३ गते साहित्य संगम मकवानपुर हेटौँडाको सभाहलमा बिमोचन हुने भएको छ । समाज, राष्ट्र र मानवीय स्वभावसंग जोडिएका विभिन्न क्षेत्रका विकृति विसंगतिलाई कथ्य वर्ण गरिएर लेखिएका आक्रोशात्मक तथा व्यङ्ग्यात्मक शैलीका सिर्जनाले सिघारिएको कठघरामा देश कृति मुक्तक मञ्च मकवानपुर शाखाले विमोचन गर्ने भएको हो ।संग्रह भित्र १०१ वटा मुक्तक समावेश गरिएका छन् । यस अघि कवि अन्जानको गजल बिम्ब ( संयुक्त २०६२ ) ई प्रतिनिधि नेपाली गजल ( संयुक्त २०७० ) समयका स्वरहरू ( संयुक्त २०६५ ) अवसान सपना ( २०७२ ) शल्यक्रिया (२०७२ ) मकवानपुरका काव्य अवलोकन र अध्ययन ( २०७९ ) प्रकाशित भैसकेका छन् । करिव ४ दर्जन पुरस्कार एवम् सम्मान बाट पुरस्कृत भैसकेका अञ्जानले नेपाल सरकारबाट प्रदान गरिँदै आएको युवाबर्ष मोती पुरस्कार समेत यसै वर्ष प्राप्त गरेका थिए । छोटो समयमा धेरै ज्ञान र बौद्धिक खुराक प्राप्त होस भन्ने अभिप्रायले सार्वजनिक गर्न लागिएको कृति कठघरामा देशको प्रकाशन पालुङ साहित्य परिषद्ले गरेको हो । शुक्रबार दिउँसो ४ बजे हुने विमोचन कार्यक्रमको प्रमुख अतिथिको रूपमा हरिकृष्ण काफ्ले तथा पुस्तकको बारेमा कवि समालोचक विश्वनाथ सञ्जेलले समीक्षात्मक टिप्पणी पेश गर्ने मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *