क्याम्पसको विकासमा आम समुदायकै चिन्तन आवश्यक छ : क्याम्पस प्रमूख-राजन मिश्र

प्रस्तावित नेपाल थाहा मजदुर संघद्धारा सञ्चालित यस थाहा मजदुर न्युज अनलाईन पत्रिका हाल परीक्षण पकाशन कालमा रहेको छ । हामी निरन्तर समाज विकासको पक्षमा उभिने जमर्कोका साथ पत्रकारिताको माध्यमबाट पनि एक असल समाज निर्माणमा अग्रसर रहन चाहन्छौँ र हामी त्यसै अभियानमा निरन्तर छौँ । त्यहि क्रममा थाहा नगरपालिका वडा नं. ३ मा अवस्थित एक मात्र बहुमुखी क्याम्पस पालुङ बहुमुखी क्याम्पस हिजो देखि आजसम्म निरन्तर रुपमा त्यस क्षेत्रका विद्यार्थिलाई उच्च शिक्षा प्रदान गर्दै आईरहेको छ । यस क्याम्पसको पनि त्यस क्षेत्रको विकास र असल जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान रहिरहेको छ । सोहि अनुरुप हामीले यसै क्याम्पसका प्रमूख राजन मिश्रसंग यसै क्याम्पससंग सम्बन्धित रहि केहि भलाकुसारी गरेका छौँ । आशा छ यहाँहरुले हामीलाई आवश्यक प्रतिक्रिया दिनुहुनेछ ।

१.पालुङ बहुमुखी क्याम्पसको वर्तमान शैक्षिक अवस्था कस्तो अवस्था छ ? कुन कुन संकायमा अध्यापन भईरहेको छ?
वि.सं. २०६० सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहमा व्यवस्थापन र मानविकी संकाय संचालन गर्दै आएको यस सामुदायिक क्याम्पसले यस क्षेत्रका उच्च शिक्षा पे्रमीहरुको चाहना पूरा गर्दै आएको छ । थाहा नगरपालिकाको वडा न.ं ३ खेल्पुडाँडामा अवस्थित यस क्याम्पसमा व्यवस्थापनतर्फ वि.वि.एस. मानविकी संकायतर्फ वि.ए. को पढाई हुँदै आएको छ । ५१ रोपनीको भोगाधिकार, सहमति स्थानीय सरकारबाट प्राप्त गरेको यस संस्थाको ४ वटा भवन छन् भने शैक्षिक वर्ष २०७६÷०७७, २०७७÷०७८ र २०७९÷०८० मा क्रमशः १३१, १६२ र १६३ जना विद्यार्थीहरु भर्ना भएको छन् । स्थानीय क्षेत्रमा उच्च शिक्षा हासिल गर्नका लागि वृद्धि भएको आकर्षण र क्याम्पसको तर्फबाट सञ्चालन गरिएका भर्ना अभियान, अभिभावकहरुसँग अन्तरक्रिया, श्रोत विद्यालयका प्रध्यानध्यापकहरु सग गरिएको भेटघाट तथा चिन्तन मनन र छात्रवृत्ति अभियानका कारण क्रमशः क्याम्पसमा विद्यार्थी भर्ना दर बढ्दै गइरहेको छ । नतिजाको विवरण हेर्दा यस क्याम्पसबाट हरेक शैक्षिक वर्ष उत्कृष्ट नतिजा आएको देखिन्छ । यसलाई परीक्षामा सहभागी विद्यार्थी तुलना गर्दा त्रिभुवन विश्वविद्यालयको औसत नतीजाभन्दा बढी हुन आउँछ । उत्तीर्ण प्रतिशत ३२.९१ प्रतिशत रहेको छ जुन त्रिविको औसत उत्तीर्ण प्रतिशतभन्दा बढी रहेको छ । शैक्षिक वर्ष २०७६÷०७७ मा उत्तीर्ण २५ जनामध्ये २२ जना छात्रा रहेका छन् । यसले उत्तीर्ण प्रतिशतमा छात्राहरुको आँकडा ८८.४६ प्रतिशत रहेको देखिन्छ । संकायगत रुपमा हेर्दा मानवीकीतर्फ ११ जना उत्तीर्ण भएका छन् भने व्यवस्थापन संकायतर्फ १४ जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । प्रथम बर्षको नतिजा भने अपेक्षीत रुपमा नआए पनि द्धितिय, तृतिय र चौँथो वर्षका विद्यार्थीको परीक्षा नतिजा भने अपेक्षा बमोजिमनै आईरहेको छ । समग्र तथ्याङ्कहरु हेर्ने हो भने नियमित कलेज आएर पठनपाठन गर्ने विद्यार्थी सत प्रतिशतनै उतिर्ण भएका छन् ।
२.कुन संकायमा चाहिँ विद्यार्थिको चासो बढि देखिएको पाउनु भएको छ र यहाँ अध्यापन भईरहेका संकायहरुमा विद्यार्थिको नतिजा कस्तो आईरहेको छ?

पछिल्लो समयमा राम्रो श्रेणी ल्याएर १२ कक्षा उतिर्ण विद्यार्थीहरु व्यवस्थापन संकायमा भर्ना भएकै कारण पनि विद्यार्थिहरु क्याम्पसमा नियमित उपस्थित भएको पाइन्छ जसको फल स्वरुप परीक्षा नतिजा पनि सकारात्मकनै आइरहेको छ भने पछिल्लो समयमा मानविकी संकायमा पनि नियमित उपस्थितिले परीक्षा नतिजाको सकारात्मक अपेक्षा गरिएको छ । संग सगै श्रोत मा.वि.हरुमा शिक्षा संकायमा पठनपाठन गर्ने विद्यार्थिको संख्यात्मक वृद्धीले शिक्षा संकाय प्रतिको विद्यार्थिहरुको चासो बढेको देखिन्छ ।
३. क्याम्पसमा विद्यार्थि संख्या तुलनात्मक हिसाबमा बढिरहेको छ या के छ अवस्था ?

तथ्याङ्कहरु हेर्दा विद्यार्थि भर्नाको संख्या तुलानात्मक हिसाबले बढ्दै गइरहेको देखिए पनी अपेक्षा बमोजिमको उल्लेखनिय वृृद्धी हुन सकिरहेको छैन यसका लागि क्याम्पस प्रशासनले आफ्ना कमि कमजोरीलाई आत्ममुल्याङ्कन र समिक्षा गर्दै क्याम्पस प्रशासन, विद्यार्थि भाइबहिनिहरु, अभिभावक, क्याम्पस सञ्चालक समिति,समाजका अगुवा शिक्षा प्रेमि महानुभावहरु, राजनितिकदलका अगुवा, संघ–संस्थाका विभिन्न व्यक्तित्वहरुको पहलमा उच्च शिक्षा प्रतिको चाहना वृृद्धी गराउने अभियान चलाइरहेको छ जसले भविष्यमा उल्लेखनिय प्रगतिहुनेमा विश्वस्त हुन सकिन्छ ।

४. थाहा नगरको सवालमा शिक्षा संकायमा अलि धेरै विद्याथिहरुले कक्षा १२ उतिर्ण गरेका छन् तर त्यहि संकाय नै यस क्याम्पसमा नहुँदा यसले केहि असर गरेको छ की ?

थाहा नगरको सवालमा कक्षा १२ मा शिक्षा संकाय प्रतिको चाहना अनुरुपनै विगतका वर्ष देखीनै शिक्षा संकाय थपको लागि क्याम्पस निरन्तर प्रयासरत छ । त्रि.वि. बाट सम्वन्धन लिएर मात्र सञ्चालन गर्नुपर्ने तर सम्वन्धन स्वीकृति त्रि.वि.बाटै रोकिएकोले लिन सकिरहेको छैन आशा गरौ चाँडैनै शिक्षा संकायका लागि थप पहल गरिनेछ । तर संकाय थपको आर्थिक भार बमोजिमको विद्यार्थी संख्यामा उल्लेखनिय वृद्धी भएन भने थप जटिलता आउने खतरा भने उतिकै छ ।

५. क्याम्पसमा अध्यापन गराउँदा प्राध्यापकहरु नियमित पोशाक, तथा अन्य अनुशासनहरु पालना नभएको भन्ने पनि विद्यार्थिको गुनासो छ यसमा के भन्नुहुन्छ ?

क्याम्पसको आन्तरिक आर्थिक श्रोतको अभावका कारण अधिकांस आसिंक प्राध्यापकहरु हुनुहुन्छ दिउँसोको समय अन्य संघ सस्थामा जोडिन पर्ने बाध्यतालाई मध्यनजर गरेरै नियमित पोशाकमा केही लचिलोपना अपनाइएता पनि सबै प्राध्यापकहरुले आफ्नो पदिय दायित्व र मर्यादा भने पालना गरेकै पाउँछु । विश्व विद्यालय पढ्ने विद्यार्थि र प्राध्यापकहरु सबै यस समाजका सामाजिक अगुवा सचेत बुद्धीजिवी सर्कलमा पर्नुहुन्छ त्यसैले अनुशासनको पाठ पढाइरहनु पर्छ भन्ने मलाई लाग्दैन स्वअनुशासन, आत्मअनुगमन र मुल्याङ्कन गर्ने क्षमता उहाँहरुमा छ भन्ने लाग्छ ।

६. क्याम्पसको विकासका लागि लगत्तै यहाँहरुले अन्तक्र्रिया कार्यक्रम पनि राख्नुभएको छ अन्तक्र्रियामा चाहि के कस्तो विषयहरु उठान हुनेछ र कस–कसले त्यहाँ सहभागिता जनाउँदै छन् ?
क्याम्पसले यहि चैत्र ४ गते गर्न लागिरहेको अन्तरक्रिया र छलफल श्रोत मा.वि.का अध्यक्ष तथा थाहा नगरमा कार्यक्षेत्र बनाई सञ्चालित सहकारी संस्थाका अध्यक्षहरु संग हो । सामाजिक उत्तरदायित्व साथमा उहाँहरुको भुमिकाले विश्व विद्यालय शिक्षा प्रतिको चासोमा व्यवहारिक ,आर्थिक तथा सामाजिक रुपमा यस क्याम्पस प्रतिको सकारात्मक सन्देश प्रवाह होस् र उचित राय सुक्षावको आत्मसाथ गर्न सकियोस भन्ने हो । साथै यस पछाडी चाँडै पुन राजनितिकदलका प्रमुख र अभिभावक संगको छलफल चलाउने क्याम्पस सञ्चालक समितिको पुर्व योजना रहेको छ ।

७. क्याम्पसको अधिकतम सकारात्मक विकासमा यहाँको योजनाहरु केके छन् ?
नगरपालिकाको छत्रछायाँमा रहेको यस क्याम्पसले मुलभुत रुपमा भौतिक निर्माणमा उल्लेखनिय सुधार गरिरहेको थाहा नगरपालिकाको कार्यालय प्रवेश गर्ने जो कोहीले सहजै देख्न सकिनेछ । केहि भौतिक योजना निर्माण प्रक्रियामै छ अब शैक्षिक गुणस्तरमा पनि सुधार भइरहेको छ मात्र समस्यामा भनेकै अपेक्षा बमोजिमको विद्यार्थि संख्या भर्ना गर्न सकिरहको छैन भने अर्को तर्फ बैदेशिक रोजगार र शिक्षाको कारण विद्यार्थिको क्याम्पस छोड्ने देशव्यापि समस्याले यो क्याम्पसलाइ पनि थप चुनौति थपेको छ ।

८. क्याम्पसको विकासमा नगरपालिकाको भुमिका कस्तो हुँदा क्याम्पस अझ राम्रो हुन्छ होला तपाईको विचारमा?
रुपचन्द विष्टले देखाएको मार्गदर्शनकै कारण शिक्षामा लगानी हिजो थाहा नगरपालिका बन्नु भन्दा अगाडि आर्थिक विकास समितिबाट निरन्तर सञ्चालन खर्च दिइरहेकै कारण क्याम्पस आज यो अवस्था सम्म आइपुगेको थाहाबासी सवै शिक्षाप्रेमि महानुभावहरुलाइ थाहै छ । थाहा नगरपालिका बनेपछि पनि विश्वविद्यालय शिक्षा प्रदान गर्ने यस क्षेत्रको एक मात्र यस पालुङ बहुमुखी क्याम्पस टिकाउनै पर्छ भन्ने थाहा नगरपालिकाका सबै शिक्षाप्रेमी महानुभावहरु, स्थानिय सरकारका जनप्रतिनिधि, राजनितिक दल, संघ संस्था र समाजको चाहना बमोजिमनै क्याम्पसलाई सहयोग गर्दै आइरहेको र भविष्यमा पनि निरन्तरताको अपेक्षा राख्न सकिने अवस्था छ ।

९.क्याम्पसको भौतिक तथा प्रसासनिक सञ्चालनको अवस्था के कस्तो रहेको छ ? सहज असहज के छ ?
क्याम्पसको भौतिक तथा प्रशासनिक सञ्चालन प्रक्रियामा सबैको साथ र सहयोगले नै क्याम्पस यो अवस्था सम्म आएको छ अझ बढी साथ र सहयोगको अपेक्षा त हुनेनै भो साथै प्रक्रिया गत त्रुटी तथा कमिकमजोरीहरु भए सहजै जानकारी गराइदिनु भएकै छ । सुधार तर्फ प्रयासमा अग्रसर भइरहेकाले पनि अहिलेको अवस्था पर्ख र हेरमा मात्र सिमित छैन अब हेर अनि दौड नत्र प्रतिस्पर्धामा पछि परिनेछ भन्नेनै हो त्यस प्रक्रियामा क्याम्पस सञ्चालक समिति र प्रशासन लागि रहेकै छ । नजिकको क्याम्पस, घरपरिवारसँगै बसेर अध्ययन गर्न सकिने र तुलनात्मक रुपमा कम खर्चमा अध्ययन गर्न सकिने हुनाले छोरीहरु यस क्याम्पसमा आकर्षित गर्नु आजको आवश्यक्ता हो । बुहारीहरुका लागि क्याम्पसले मासिक शुल्कमा केही छुट दिएकाले यस क्याम्पसमा बुहारीहरुको भर्ना दर पनि बढिरहेको छ । क्याम्पसमा छात्राहरुको संख्या बढ्दै जानु र कक्षामा उपस्थितिका आधारमा पनि छात्रको तुलनामा छात्राहरु बढि नियमित हुनुले यस क्याम्पसलाई छोरीबुहारीको क्याम्पस समेत भन्ने गरिएको छ । जातजातिका आधारमा क्याम्पसमा भर्ना भएका विद्यार्थीको तुलना गर्दा सबैभन्दा बढि जनजातिका छोराछोरी अध्ययन गर्न आउने गरेको देखिन्छ ।

                   हरेक वर्ष क्याम्पसमा भर्ना हुन आउने विद्यार्थीहरुमध्ये जनजाति नै बढी देखिन्छन् । जनजातिमा पनि अधिकांश तामाङ विद्यार्थीहरु छन् । नेवार, गुरुङ, मगर, भुजेल जातिका विद्यार्थीहरु पनि अध्ययनरत छन् । जनजातिपछि क्रमशः क्षेत्री–बाहुन, दलित र मधेशी मूलका विद्यार्थी भर्ना हुन आउने गरेका छन् । विभिन्न संघ–संस्था र शिक्षाप्रेमि महानुभावहरुले अघिल्लो आ.व. बाटै यस क्याम्पसमा अध्ययनरत केही बिद्यार्थिलाई छात्रवृत्ति दिँदै आइरहनु भएको छ साथै यसै वर्ष देखी १,२,३,४ नम्वर वडाहरुले आफ्नो वडाका छोरी तथा बुहारीहरुले विश्व विद्यालय शिक्षामा पहँुच राखुन भन्ने अभिप्रायका साथ यस क्याम्पसमा पढ्ने जेहेन्दार र उत्कृष्ट छोरी बुहारीलाई छात्रवृत्ति वितरण गर्ने कार्यक्रम वडाकै योजनामा समावेश गरेको कारणले पनि शिक्षा प्रतिको मोह जाग्दै गइरहेको महसुस गर्न सकिन्छ अन्य वडाहरुले पनि आगामी आ.व.को योजनामा समावेश गर्दै जानेमा क्याम्पस परिवार विस्वस्त छ ।
क्याम्पस सम्वृद्धिको उज्यालो यात्रामा अघि बढिरहेको छ । यससँग सरोकार राख्ने, विकास चाहने, माया गर्ने राजनीतिक व्यक्तित्व, जनप्रतिनिधि, सामाजिक अगुवा, समाजसेवी, वुद्धिजीवी, उद्योगपति, व्यापारी, वित्तीय संघसंस्था, विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी, तथा आम जनसमुदायले मन वचन र कर्मले निरन्तर सहयोग गर्दै जाँदा यस क्याम्पसले थप शैक्षिक एवं भौतिक स्तर उन्नति गर्नेमा कुनै सन्देह छैन ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *