डब्लूएचओद्वारा हस्पिटल हस्तान्तरण

३० फाल्गुन २०७९,
काठमाडौँ — बलम्बुस्थित एपीएफ अस्पताल परिसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सशस्त्र प्रहरी बलको अस्थायी संरचनामा ९२ शय्याको अस्पताल निर्माण गरेको छ ।

मंगलबार सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको फिल्ड अस्पताल डब्लूएचओको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापा का अनुसार यस किसिमको संरचना डब्लूएचओले दक्षिण एसियामै पहिलो पटक नेपालमा निर्माण गरेको बताए ।अस्पतालका संरचना पीभीसीबाट निर्मित भएको हुनाले भूकम्प, महामारी, अन्य आपतकालीन अवस्थामा बढी प्रयोग हुने बताइएको छ ।

हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सचिव डा.रोशन पोखरेलले बताए अनुसार यस्ता किसिमिका फिल्ड अस्पतालले श्वासप्रश्वाससँग सम्बन्धित महामारी र विपद्को समयमा आम जनतालाई प्रभावकारी रुपमा सेवा प्रदान गर्ने उदेश्य रहेको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *