पठाओ चलाउँदै गरेका अनिष ढकाल वेपत्ता

सजना थापा
३० फागुन २०७९
काठमाण्डौमा बा ६५ प ६५९४ नम्बरको मोटरसाइकल पठाओ चलाउँदै गरेका एक युवा बेपत्ता भएका छन् । भक्तपुर जिल्ला ठिमी नगरपालिकाको राधेराधे भन्ने ठाउँमा आफ्नो मामाघरमा बस्दै आएका अनिष ढकाल फागुन १५ गते करीब बिहान ९ बजे देखि सम्पर्क विहिन भएका हन् । प्रहरीको अनुसार घरबाट निस्केपछी अनिषको फोन लोकशन फागुन १६ गते ललितपुर जिल्लामा अन भएको र त्यसपछि अफ भएको बताईएको छ । आफ्नो भान्जा बेपत्ता भएपछि उनका मामा प्रल्हाद तिमल्सिना प्रहरीमा पुगेका थिए । महानगरीय प्रहरी वृत ठिमीको अनुसार उनको खोजि कार्य भईरहेको छ । हालसम्म उनि सम्पर्कमा नआएको परिवारले भनेको छ । फोटोमा देखिएको अनिसलाई देख्नुहुने/भेट्नुहुने महानुभावहरुलाई नजिकको प्रहरी चौकी अथवा ९८६०६५२३२०, ९८५१३४४१८८ र ९८५१०५१९८४ नम्बरमा सम्पर्क गरिदिनुहुन पिडितले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *