आन्दोलनको कारण हेटौँडाका निजि बैङ्कहरु बन्द

३० फागुन,२०७९
हेटौंडा /बैंकहरुले ब्याजदरमा अकस्मात बृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघद्धारा जारी आन्दोलनको कारण आज हेटौँडाका निजि बैंकहरु बन्द भएका छन् । आन्दोलनमा उत्रिएका व्यवसायीहरुले बंैकलाई बन्द गराएका हुन् । बैंकहरु बन्द भएसंगै सम्पूर्ण कारोबारहरु बन्द भएका छन् । बैंकहरुले ऋण लिएकाहरुलाई थाहा नदिई ब्याजदरमा बृद्धि गरेको कारण मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रमहरु निरन्तर गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *