राष्ट्रपति पौडेलको स्वागत,भण्डारीको विदाइ

फागुन २९ , २०७९

२९ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज निजी निवासबाट शीतलनिवास सर्ने भएका छन् ।

आज दिउँसो १ बजे पौडेलले शपथ ग्रहण गर्ने कार्यक्रम छ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पौडेलको शपथग्रहण समारोहबाटै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ हुनेछ । त्यसपछि उनी शीतलनिवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि उनले बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने भनिए पनि घरको मर्मत नसकिएकोले छोरीको घरमा सर्न लागेकी हुन् ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *