बस दुर्घटना ६ जनाको मृत्यु, २८ घाइते

सिन्धुली —
सिन्धुलीको फिक्कल गाउँपाालिका–४ कुहिभीरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।
सिन्धुली प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेका छन् ।
दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरमार्फत काठमाडौं पठाउन लागिएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवाले जानकारी दिए। बसमा करिब ३४ जना यात्रु रहेको बताए।
बस चालकभने फरार रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *