चर्को ब्याजदरको विरुद्ध हेटौँडामा आन्दोलन, आजबाट बैंकमा नगद जम्मा नगर्ने

२८ फाल्गुन, २०७९

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघद्धारा एक सूचना जारी गर्दै गरी आफ्ना व्यवसायी र शुभचिन्तकहरुलाई आइतबार(आज)देखि बैंकमा पैसा जम्मा नगर्न आग्रह गरिएको छ । बैंकको चर्को व्याजदरविरुद्धको आन्दोलनलाई सहयोग गर्न संघले यस्तो आग्रह गरिएको हो ।
बैंकको चर्को व्याजदरविरुद्ध संघ र संघमा आवद्ध वस्तुगत संघ, निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एशोसिएसन मकवानपुर लगायतका विभिन्न व्यवसायीक संघहरुले पनि हेटौंडामा चरणबद्ध आन्दोलनहरु भने गरिरहेका छन् । आइतबार नगद जम्मा नगर्ने, सोमबारबाट सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने र ३० गतेदेखी शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने संघको कार्यक्रम रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *